आइतबार, जेठ ३० २०७८
काठमाडौं ०३:१०
वासिङटन डिसी 17:25

पहिलो साफ यु–१९ च्याम्पियनसिप फुटबलको तालिका सार्वजनिक

इनेप्लिज २०७२ साउन २५ गते १३:४५ मा प्रकाशित

Saff-Championship1-430x250काठमाडौँ, २५ साउन । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज यहाँ सार्वजनिक गरेको छ ।

घरेलु मैदानमा पहिलो पटक सञ्चालन हुन लागेको सो प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहने एन्फाका प्रमुख कार्यकारी निर्देशक इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

प्रतियोगिता आगामी भदौ ३ गतेदेखि सञ्चालन हुनेछ । कार्यक्रममा सहभागी टोलीको समूहसमेत विभाजन गरियो । नेपाल समूह ‘ए’ मा परेको छ । त्यस्तै समूह ‘ए’ मा नै बङ्गलादेश र भुटान छन् । त्यसैगरी समूह ‘बी’ मा मालदिभ्स, भारत र अफगानिस्तान छन् ।

लिग कम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा नेपालले पहिलो खेल भदौ ३ गते भुटानको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यस्तै दोस्रो खेल भदौ ७ गते बङ्गलादेशको सामना गर्नेछ । प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको खेल मैदानमा हुनेछ ।

प्रतिक्रिया