भदौ पहिलो साता संविधान

इनेप्लिज २०७२ साउन २५ गते ११:४१ मा प्रकाशित

krishna-sitaulaदमक, २५ साउन । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले आउँदो भदौ पहिलो साताभित्र नयाँ संविधान जारी हुने बताउनुभएको छ ।

झापाको खजुरगाछीमा काँग्रेसका नेता श्यामसुन्दर यादवका स्मृतिमा निर्माण गरिने शालिक शिलान्यास कार्यक्रममा महामन्त्री सिटौलाले नेपाली जनताले मौलिक अधिकारसहितको लोकतान्त्रिक संविधान बताउँदै अब संविधान निर्माण कसैले रोक्न सक्दैन भन्नुभयो । उहाँले भन्नुभयो, “जनताले दिएको राय, सुझावबाट नै सङ्घीयताको खाका आएको छ ।”

प्रतिक्रिया