डिजेलको बिक्री अत्यधिक, पेट्रोलियम पदार्थको समस्या छैन: व्यवसायी
विराटनगर, २५ साउन । पूर्वाञ्चलमा पेट्रोलियम पदार्थअन्तर्गत डिजेलको बिक्री अत्यधिक भएको छ ।
नेपाल आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार भारतबाट आयात गरिएको पेट्रोल, डिजेल तथा मट्टीतेलअन्तर्गत डिजेलको आयात तथा बिक्री बढी भएको बताइएको छ ।
पेट्रोलियम पदार्थको मूल्य समायोजन भएपछि हाल पूर्वाञ्चलमा पेट्रोलियम पदार्थको समस्या नरहेको र आयल निगम विराटनगरका डिपोमा पेट्रोलियम पदार्थको मौज्दात पूरा रहेको सो कार्यालयले जनाएको छ ।
कार्यालयका क्षेत्रीय प्रमुख भुवनराज रेग्मीका अनुसार भारतको बरौनी तथा सिलिगुडीबाट आव २०७१/७२ मा तीन करोड ५९ लाख ६८ हजार लिटर पेट्रोल, १२ करोड, ३५ लाख चार हजार डिजेल तथा ३१ लाख १२ हजार लिटर मट्टीतेल बिक्री भएको जानकारी दिनुभयो ।
सोही आवमा आयात भएकामध्ये तीन करोड ५७ लाख २४ हजार लिटर पेट्रोल, १२ करोड २८ लाख ४९ हजार लिटर डिजेल तथा ३० लाख ८२ हजार लिटर मट्टीतेल बिक्री भएको छ ।
बरौनीबाट दैनिक चार लाख लिटर डिजेल, एक लाख ५० हजार लिटर पेट्रोल आयात हुने गरेको र त्यो २५० वटा ट्याङ्करमार्फत ढुवानी भइरहेको बताइएको छ ।
कार्यालय सहायक प्रबन्धक वासुदेव भण्डारीले विगत एक वर्षदेखि मागबमोजिम पेट्रोलियम पदार्थको आपूर्ति भएकाले समस्या नभएको स्पष्ट गर्नुभयो ।
सगरमाथा पेट्रोलियम डिलर्स एसोसिएसनका उपाध्यक्ष रामचन्द्र साहले पेट्रोलियम पदार्थको ढुवानी, बिक्री तथा वितरणमा कुनै किसिमको आयल निगमबाट भेदभाव नभएको र सरल एवम् सहजरुपमा पेट्रोलियम पदार्थ आपूर्ति भइरहेको बताउनुभयो ।
हाल पूर्वाञ्चलमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने डिलर तथा पम्प व्यवसायीहरुको सङ्ख्या करिब ४५० रहेको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया