आगलागीबाट दश लाखको क्षति

इनेप्लिज २०७२ साउन २५ गते ४:३८ मा प्रकाशित

aaglaagiसुरुङ्गा (झापा), २५ साउन । झापाको शनिअर्जुन नगरपालिका– ४ मा गएराति आगलागीबाट रु १० लाख मूल्य बराबरको क्षति भएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार भोजराज चौहानको घरमा राति २ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा उक्त मूल्य बराबरको क्षति भएको हो ।

आगलागीबाट मानवीय क्षति नभए पनि घर पूर्णरुपमा जलेर नष्ट हुँदा अन्नपात , लत्ताकपडा, नगदसहित रु १० लाखको क्षति भएको बिर्तामोड नगरपालिकाका कर्मचारी चन्द्रबहादुर पौडेलले जानकारी दिनुभयो ।

घरमा लागेको आगो स्थानीयवासीसहित प्रहरी र नगरपालिकाको दमकलले एक घन्टापछि नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया