नेपालमाथि विश्व–११को जित
काठमाडौँ, २४ साउन । नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने उद्देश्यले मलेसियाको किनरारा ओभलमा भर्खरै सम्पन्न मैत्रीपूर्ण खेलमा विश्व–११ टोलीले नेपालमाथि ३७ रनले जित निकालेको छ ।
टस जितेर ब्याटिङ गरेको विश्व–११ ले निर्धारित २० ओभरको खेलअन्तर्गत १९.४ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १३५ रनको मध्यम लक्ष्य दिएको थियो ।
जवाफी ब्याटिङमा आएको नेपालले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर अनिल मण्डल र राजु रिजालले १७/१७ रनको योगदान दिँदा अर्का ओपनर नरेश बुढाएर र सिद्धान्त लोहनीले १३/१३ रन जोडेका थिए ।
त्यस्तै, शरद भेषवाकर र मेहबुब आलमले ११/११ बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो रनको अङ्कसमेत जोड्न सकेनन् ।
यसअघि, अविनाश कर्णले कप्तान सनथ जयसूर्या व्यक्तिगत ६ रनमा आउट गराएर विश्व–११ लाई दबाबमा ल्याएका थिए ।
त्यसपछि आएका मार्कुस स्टाइनिसले ४८, बेणुगोपाल रावले २३, अहमद फैजले १८ तथा शोहाग गाजीले अविजित १६ रन बनाएपछि विश्व–११ ले १३५ रनको मध्यम स्कोर बनाउन सफल भयो ।
नेपालका लागि अविनाश, शरद, राजेश र सिद्धान्तले २÷२ तथा शक्ति गौचन र मेहबुबले १/१ विकेट लिए । .
‘ब्याट फर नेपाल’ नाम दिइएको उक्त अभियानमा खेल्ने विभिन्न देशका खेलाडी सम्मिलित विश्व–११ टोलीको कप्तानी श्रीलङ्काली पूर्व कप्तान सनथ जयसूर्या हुन् । नेपाली टोलीको नेत्तृत्व नियमित कप्तान पारस खड्काले गरेका थिए ।
मैत्रीपूर्ण खेलबाट उठेको ७० प्रतिशत रकम भूकम्पपीडितलाई सहयोग स्वरुप प्रदान गरिने तथा ३० प्रतिशत रकम नेपाली क्रिकेटको विकासमा खर्च गरिने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया