पूर्वी भारतमा बोक्सीको आरोपमा पाँच महिलाको हत्या
इनेप्लिज
२०७२ साउन २४ गते १२:२३ मा प्रकाशित
नयाँ दिल्ली (भारत), २३ साउन । पूर्वी भारतको झारखण्डमा स्थानीय नागरिकको एक समूहले बोक्सीको आरोपमा शुक्रबार पाँचजना महिलाको हत्या गरेको स्थानीय सञ्चार माध्यमहरूले शनिबार जनाएका छन् ।
प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई) ले प्रहरीको भनाई उद्धृत गर्दै भनेको छ, ‘गाउँलेहरूको एक समूहले लौरो तथा धारिलो हतियारको प्रयोग गरी ती निर्दोष महिलामाथि आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो ।’
उक्त गाउँ झारखण्डको प्रान्तीय राजधानी राँचीको नजिकै रहेको समेत बताइएको छ । प्रहरीले मृतक महिलाहरूको लाशलाई नियन्त्रणमा लिइसकेको बताइएको समाचार पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, राष्ट्रिय अपराध महाशाखा दिल्लीले २००० देखि २०१२ सम्म देशभर बोक्सीको आरोपमा दुई हजार एकसय महिलाकोे विभिन्न रुपमा हत्या भएको जनाएको छ । रासस÷सिन्ह्वा
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया