“नेपालको धर्म , संस्कृति लोप हुने खतरा”

इनेप्लिज २०७२ साउन २४ गते ११:४९ मा प्रकाशित

1005335_492783817463286_763214710_n“धर्म और कर्म के नाम पर

केवल जानते हैं लोग कमाना

स्वयं धन की चाहत मे
दृश्यका स्वाद नहीं चखते”
राष्ट् वादको जन्म धर्म र संस्कृतिको मिलनबाट हुन्छ । राष्ट्र शरीर हो भने धर्म त्यस्को आत्मा र तंत्रिका हुन । राष्ट्रधर्म र संस्कृतिको समभाव नै कुनै पनि राष्ट्रको उन्नति र जग हुन्छ । सेकुलरवादले यस सिद्धान्तलाई मान्दैन । सेकुलरले धर्म बिहिन संस्कृतिमा बिकृति ऊत्पन्न गर्दछ र राष्ट्रवादलाई मिथ्यारूपमा निर्माण गरेर प्रस्तुत गर्द छ ताकि सत्तालाई आफ्नो मुठ्ठीमा अठ्याएर राख्न सकियोस । गणतंत्र उपरान्त सेकुलरवादीहरू एवं कम्युनिष्टगरूको कुचक्रले राष्ट्र धर्मलाई बिकलांग बनाईएको छ ।
नेपाल बहुजातीय , बहुभाषिक र बहुसांस्कृतिक राज्य हो । दक्षिन तथा पश्चिमबाट प्रभावित हिन्दु धर्म र ऊत्तर पूर्वबाट प्रभावित बुद्ध तथा अन्य जनजातिका धर्म संस्कृतिहरू यहाँ अभ्यास हुँदै आएका छन । यथार्थमा भन्ने हो भने हिन्दुहरूको संख्या ९० प्रतिशत भन्दा माथि र त्यसतै बुद्ध धर्म , किरात धर्म , पोन धर्म तथा मुस्लिम धर्म , इसाई धर्म लगायत आदि धर्महरू धर्मका संरक्षणवाद अभ्यास गर्दै आएका थिए र एक अर्कोमा धार्मिक सहिष्णुता थियो ।

गाउँ गाउँमा माने तथा गुम्बाहरू प्रशस्त भेटिन्थे , भेटिने गर्दछन । बुद्धधर्म अबलम्बीहरू लामाहरूलाई पढाउँथे र पुजा गर्ने गर्दथे । अन्य धर्मालम्बीहरूले लामाहरू द्वारा पढिएका वेदका धूनबाट आफु र आफु बसेको ठाउँसम्म पवित्र मान्ने गर्दथे । कहिले धेरै मानिसहरूको समुदाय भेला भएको र त्यस्मा ८/१० जना लामाहरूले वेद पाठ गर्दै अन्य श्रोताहरूलाई संस्कृतिका शिक्षा दिदै आएका थिए । यो जन्म संस्कार देखि मृत्यु संस्कार सम्म अभ्यास गर्दै आएका बुद्ध धर्मालम्वीहरूको जातिय पहचान थियो । सोही अनुसार भेष भुषा , रीति रिवाज , आचरण र आदर्श थियो । त्यसै गरी पूर्वका गाउँहरूमा जाँदा राई , लिम्बूहरूका संस्कार र संस्कृतिहरू अभ्यास गर्दै आएको देख्न पाइन्थ्यो भने अन्य धर्मालम्बीहरूलाई हेर्दा आश्चर्य लाग्दैनथ्यो ।
बरु कोशेलीपात बोकेर अन्य धर्मालम्बीहरू पनि त्यहाँ समावेश हुने गर्दथे । सबैले त्यहाँको धर्मकर्म – रीतिरिवाज थाहा पाउँथे कि जन्म , मृत्यु , विवाह तथा अन्य संस्कारहरूमा कस्ता कस्ता कर्मकाण्ड गर्दा रहेछन भन्ने ज्ञान बटुल्न पाउँथे ।
त्यसै गरी तराई तिर झांगड , मुसहर ,सतार , राजवंशी ,धारू आदिवासीहरू सबैका आफ्नै चाहाड पर्वहरू देख्न पाइन्थ्यो ।
पश्चिम पहाड़ तिर मगर , गुरूंगहरूले आफ्नो किसिमको संस्कृति , कर्मकाण्ड जस्ता चाहाडहरू पनि आफ्नै भेषभुषा र रीति रिवाज मनाउदै आइरहेकै थिए । यो प्रचलन आज पनि जीवित नै रहेता पनि अब निकट भविष्यमा तीव्र गतिले क्षीण हुँदै गएको आभास हुन थालेको छ । ती गुम्बा , मानेहरूमा बौद्ध धर्मालम्बीहरूको पिता पूर्खाहरूको श्रम र आत्मा बसेको छ । उनीहरूले आफ्नो गाँस काटेर धर्म संस्कृति बचाई राख्न सन्ततीहरूका लागि संचित गरेका थिए । उनीहरूले भविष्यमा त्यही धर्म र संस्कृतिले ती मठ मन्दिरलाई जोगाई राख्लान ,जिर्णैद्धार होला , उन्नति होला भन्ने परिकल्पना गरेका थिए र विश्वस्त पनि थिए । तर आज धर्मको नाममा डलरको खेती लिएर आएका क्रिश्चियनहरूले क्रमश आक्रमण गर्न थालेका छन । पैसा र सुविधाका कोर्राले जिर्ण गुम्बा आज झन जिर्ण हुदैछ । त्यसै जिर्ण मठ ,मन्दिर र किरातहरूले प्रयोग गर्ने गरेका सामान संस्कृतिका घरहरू त्यही डलरको चाबुक कोर्राले हान्दा छिया छिया हुँदै जादै छन र त्यस्ता ठाऊँमा चर्च बन्दै गएको पाइन्छ र चर्चको माध्यमबाट क्रिश्चियन धर्म सभा हुदै गएका छन । धनी देशका नेपाली गरिबहरू दयाका पात्र बन्दै आएको संस्कृतिको घाँटी निमोठी क्रिश्चियनहरू अगाडी घुँडा टेक्दै गरेको देख्न पाइन्छ । जुन उनीहरूको आवश्यकता र बाध्यता पनि हो । रोगी अशक्त र विभिन्न विरामीहरू लगी डाक्टर त्यही चर्चमा बोलाएर निःशुल्क उपचार र औषधि वितरण गरेको देखिन्छ । तर ती सबैलाई होईन जसले क्रिश्चियन हुने प्रतिबद्धता गर्दै उनीहरूको पाउमा पर्दछ उनीहरूका अगाडी पछाडि पर्दछन त्यस्ता व्यक्तिले मात्र सुविधा उपचार पाएको देखिन्छ ।
‘ जहाँ लाभका अवसर आये
वहीं लगाते अपने चक्षु
स्वयं धनकी चाहत में
दृश्यका स्वाद नहीं चखते ‘
हाय ! धनी देशका गरिब जनजाति नागरिकहरू आफ्नो धर्म र संस्कृति लोप हुदै गएपछि उनीहरूको आफ्नो पहिचान स्वत: लोप हुने संभावना त्यस्तै क्रमश; तरिकाले बढ्दै जादा कति धान्ला र पुर्खाका परम्पराले ?
कहिले सम्म संस्कार र संस्कृतिका धार्मिक स्थल , मठ , मन्दिरहरू खड़ा रहलान पुर्खाको बलमा ?
अब यस्तै तीव्र गतिले क्रिश्चियनको डलरले युवा युवती, बाल बालिका , बुढापाकाहरूलाई किनबेचको व्यापार बनाएमा कति दिनसम्म टिक्ला र उनीहरूको आस्था, विश्वास र आदर्शको गुम्बाहरू ?
यदि हामी सबैले एकजुट भएर क्रिश्चियनको विरोध गरेनौ भने तीनै मठ ,मन्दिर ,गुम्बाहरूमा रूप परिवर्तन गरि केही बर्षपछि सबै ठाऊँमा चर्च बन्ने छन र ठूल ठूला आवाजले हाम्रो मन, मुटु र मष्तिष्क त्रसित हुनेछ । जंगलको जसरी बाघलाई देख्दा मृग तर्सिन्छ्न । हामीले विचार गर्न सक्छौं भारतमा पनि एक समयमा मुग़ल सम्राटहरू राज्य विस्तार गर्दै प्रवेश गरे । मुस्लिम शासक बाबर १५२७ मा फरगनाबाट आएको थियो । उसले चित्तौड़ गढ़का हिन्दु राजा संग्राम सिंहलाई फ़तेहपुर सिंकरीमा परास्त गरेको थियो । बाबरले त्यस युद्धमा तोप र गोलाको प्रयोग गरेको थियो ।जीत पछि यस क्षेत्रको प्रभारमा मीर बांकीलाई मुक़र्रर गर्यो । मीरबाँकीले त्यस क्षेत्रमा मुस्लिम शासन लागु गर्यो । आम नागरिकलाई नियंत्रणमा लिन आतंकको सहारा लियो । अयोध्या विवाद एउटा राजनीतिक , ऐतिहासिक र सामाजिक – धार्मिक विवाद हो । यो नब्बेको दशकमा सबै भन्दा उत्कर्षमा थियो । यस विवादको मुख्य मुद्दा हिन्दु देवता राम जन्मभूमि र बाबरी मस्जिदलाई लिएर छ । विवाद यस कुरालाई लिएर छ कि हिन्दु मन्दिर ध्वस्त गरेर त्यहाँ मस्जिद बनाइयो । ।मोहम्मद गजनी जस्ता आतंककारीहरूले कृष्ण जन्मभूमि , विश्वनाथ ज्योतिर्लिंग ( वाराणसी ) सौराष्ट्रको सोमनाथ ज्योतिर्लिंग ध्वस्त गरे । मस्जिद बनाएको कुरा सबैलाई थाहा भएकै कुरा हो । आज पनि वनारसमा विश्वनाथ ज्योतिर्लिंगों मूर्ति नै छैन । जसलाई तोडेर कुवामा फाली दिएका थिए रे । त्यस्तै राम जन्मभूमिमा निर्माण भएको वावरी मस्जिद विवाद समाधान भएको छैन । कृष्ण जन्मभूमि मथुरामा पनि मुसलमानहरूले हस्तक्षेप गरी मस्जिद बनाएकै छन ।
नेपालमा पनि क्रिश्चियनहरूका चर्चहरूले हाम्रो मठ मन्दिरहरू न भत्काउलान भन्न सकिन्न । किनकि केही महिना अधि आतंककारीको रूपमा क्रिश्चियनहरूले आक्रमण गरी शिवलिंग तोड़फोड़ गरिएको कुरा विभिन्न समाचार पत्रपत्रिकाले पनि प्रत्यक्षरूपमा प्रचार गरेकै हुन ।
जुन व्यक्तिले २०४७ सालको संविधानको संरक्षण गर्न सकेन । आज नेपाललाई संविधान देश र मातृभूमिका दुइ दलालबाट जलाउन सम्म लगाउन सक्षम क्रिश्चियन जातिहरूले देशको अवस्था नै तहस नहस गरे । तीनै २०४७ सालको संविधानलाई ध्वस्त गर्ने शक्तिले हिन्दु धर्मलाई संवैधानिक रूपमा ध्वस्त गर्ने दुस्साहस गरे र नेपाली समाजलाई गन्तव्यहीन बनाउन खोज्दै छन आज ।
धर्म भनेको एकल चिन्तन नभएर बहुचिन्तनर बहुमार्गको अवधारणा हो भन्ने धारणाले गर्दा हिन्दु धार्मिक संगठन विस्तारवादी नहुने देखिन्छ भने बहुमार्गको अवधारणाले गर्दा अरू धर्मप्रति एकेश्वरवादी चिन्तनभन्दा धेरै बढ़ी सहनशील र लचकता देखाउने कसैको धर्म परिवर्तनलाई ध्यान न दिने चरित्र र संस्कार बोकेको हुन्छ । त्यसैले हिन्दु धार्मिक संगठनहरू एकेश्वरवादी जस्तो धर्म परिवर्तन र यस्का लागि चाहिने साधन र शक्ति जुटाउन सक्रिय रहेका छैन । हिन्दुधर्मको लचकता र अन्य धर्मप्रतिको सहनशीलताले मानव आध्यात्मिक चिन्तनको शिखरलाई इंकित गर्छ भने अर्कोंतर्फ यही लचकताको आडमा विभिन्न खालका आर्थिक र सामाजिक शोषणलाई पनि प्रोत्साहन गरेको छ । त्यसैले आध्यात्मिक दर्शनको बहुमार्गको व्याख्या गर्ने व्यवहारमा सामाजिक जडताबाट पीड़ित भएर अन्य पनि कति क्षेत्रमा विभेद र उत्पीड़नप्रति आँखा चिम्लेर बसेको छ । यसलाई अन्त्य गर्ने चुनौतीलाई एकताबद्ध भएर हामीले सामना गर्नु पर्नेछ ।
अहिले नेपालीहरू राजनीतिक सास्कृतिक रूपमा कुहिरोमा बाटो बिराएको काग जस्तै बीच बाटोमा भटकी रहेका छन । अब यसरी काग झैं बिचलित नभै सबै जनजाति नेपाली मिलेर एक जुटभै आफ्नो भेषभुषा संस्कार जोगाउन एकबद्ध भै आवाज उठाउनुका साथै देशमा आफ्नो जरो गाड्न तल्लीन क्रिश्चियन लगायत देश द्रोही बिखण्डनकारी नेताहरूलाई अन्त्य गर्न जात जाति धर्म , वर्ण र किरणहरू पनि पत्रपत्रिकामा पाउँदा मन खुशीले गद गद भएकी छु । जुन किरातीहरूले पूर्व लगायत धेरै ठाउँहरूमा आफ्नो संस्कृति र पहिरनको जगेर्ना गर्न क्रिश्चियनहरूका बिरोधमा प्रदर्शन कार्य गर्दै आएको देख्न पाउँदा निकै हर्षित छु । त्यस्तो साहसपूर्ण कार्य र संस्कृति संरक्षणका लागि आवाज़ उठाउने यी किरातीहरू प्रति खुशी प्रकट गर्दै आभार प्रकट गर्दछु ।
यस्तै गरी अन्य धर्मालम्बीहरू पनि मिलेर एक जुट भएर धर्म संस्कार संस्कृतिको संरक्षण गर्न आवाज़ उठाउने हो भने हाम्रो देशमा सदैव तेही वीणाका मधुर झंकार , धुन , शंखको धुन घण्टीका टनटन गर्ने आवाजले देश आवाद रहने छ र क्रिश्चियनको डलर खेती गर्ने ढोंगीहरूका काम तेही शंखका उद्घोषले झीर्ण भइ जाली फुटेर देश छाडेर भाग्ने छन र देश भित्रका पाखण्डीहरूलाई पनि सवक बन्ने छ । नेपाललाई हिन्दु पहिचानबाट बिमुख गराउन पाए एकेश्वरवादमा आधारित इसाई धर्मको व्यापकता नेपालमा गर्न सजिलो हुनेछ भन्ने हाम्रा पाश्चात्य मित्रहरूको अभीष्ट रहेंको स्पष्ट छ ।यसबारे मेरो एउटा स्पष्ट दृष्टिकोण छ – कम से कम हाम्रा धर्म निरपेक्षताका लागि मरिहत्ते गर्ने पाश्चात्य मित्रहरूको र उनका नेपाली समर्थकहरूले बेलायतका प्रधानमन्त्री डेविड क्यामरोनको भनाइ मनन गरून । महान प्रजातान्त्रिक र मानवअधिकारको वकालत गर्ने देश बेलायतका प्रधानमन्त्रीले बेलायतका पहिचान ” क्रिश्चियन राष्ट्र ” भने गर्व साथ घोषणा गर्छन । तर हामी ९० प्रतिशत सनातन धर्म भएको देश सबै धर्मप्रति सद्भाव राख्दै आफ्नो धार्मिक पहिचान खोज्न किन अवरोध गर्रिदै छ ? अब देशले विचार गर्ने बेला भएन र ?
मनुष्य के हृदय
खिलौने की तरह टूट जाये
भावनाओं के व्यापारी
कोई हिसाब नहीं रखते

प्रतिक्रिया