शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गर्न माग

इनेप्लिज २०७२ साउन २४ गते २:२२ मा प्रकाशित

भक्तपुर, २४ साउन । प्रजातन्त्रका योद्धा, समाजसेवी एवम् नेपाली काँग्रेसका पूर्वनेता श्यामबहादुर कार्कीको आठौँ स्मृति दिवसमा स्थानीय बालकोटमा शनिबार आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३६० जना बिरामीले सेवा लिएका छन् ।

बालकोट–३ मा श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानले आयोजना गरेको शिविरमासबै बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा ९३ जनाले रक्तदान गरेका थिए । त्यस्तै गणेश मावि बालकोटका ३७ गरिब बालबालिकालाई पोसाक एवम् लेखन सामग्री वितरण गरिएको थियो ।

सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् गगनकुमार थापाले सरकारले शिक्षा र स्वास्थ्यलाई पूर्ण निःशुल्क गर्नुपर्ने बताउनुभयो । काँग्रेसका भक्तपुर जिल्ला सभापति गणेशमान चक्रधर र युवा नेता उद्धव सिलवालले कार्कीले समाजसेवामा उल्लेखनीय योगदान पु¥याएको बताउनुभयो ।

प्रतिक्रिया