नेपाली चलचित्र स्काउटको प्रथम प्रदर्शन अमेरिकाको कोलोराडोमा हुने
नेपाली चलचित्र स्काउटको प्रथम प्रदर्शन (प्रि मियर सो ) अमेरिकाको कोलोराडोमा आउदो अगस्त २२ तारिख हुने भएको छ l चलचित्रको छायांकन काठमाडौँ ,चितवन तथा हेटौडाका विभिन्न स्थान गरिएको छ l उक्त चलचित्र प्रथम प्रदर्शनको लागि अमेरिकाको कोलोराडोमा साईत जुरेको चलचित्रका नायक नवराज श्रेष्ठले दिएका छन् l
स्काउटहरु बहादुर हुन्छन ,स्काउटहरु अगाडी बढे पछि पछाडी फर्किन जान्दैन l शत्रु संग अगाडी बढे पनि मरिने र पछाडी फर्के पनि मरिने छ भने पछाडी फर्केर मर्नु भन्दा अगाडी बढेर शान संग मर्नु पर्छ भन्ने चलचित्रले दिन खोजेको सार भएको कलाकार श्रेष्ठले बताए l उक्त चलचित्र अमेरिकी राष्ट्रपति ओबामाका सल्लाहाकार समितिका सदस्य सन्जीता प्रधानबाट नेपाली चलचित्र स्काउटको प्रथम प्रदर्शनीको उद्घाटन पनि हुने जनाईएको छ l
चलचित्रको स्काउटको प्रथम अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कोलोराडो शाखा अमेरिकाको आयोजनामा गरिने छ भने चलचित्रमा रातो गलैचा सहित प्रदर्शन हुने भएको छ l सोहि चलचित्रको रातो गलैचा को बिशेष प्रदर्शनीमा साबुरवीको हे आमा……. बोलको गीतको सांगीतिक श्रब्य दृष्य (म्युजिक भिडियो )को पनि सार्बजनिक हुने भएको छ ।
गोबिन्द गौतमको निर्देशन ,मधु कुमार श्रेष्ठको निर्माणमा बनेको चलचित्रमा नायक नवराज श्रेष्ठको जोडीको रुपमा नायिका गरिमा पन्त रहेकी छिन् l उक्त चलचित्र कोलोराडोको एएमसी चलचित्र मन्दिरमा प्रदर्शनी हुने भएको छ भने टिकट दर $ १० राखिएको छ l ६ बर्ष मुनिका बालबालिकालाई निशुल्क प्रवेश गरिएको छ भने चलचित्र हेर्न डिसी तथा न्युयोर्क बाट पनि बिसेष व्यक्तिहरु आउनु हुने भएको जानकारी दिइएको छ l
नायक नवराज श्रेष्ठको स्काउट दोश्रो चलचित्र हो भने उनको पहिलो नेपाली कथानक चलचित्र गुडलक चलचित्र पनि कोलोराडो मा नै प्रथम प्रदर्शन भएको थियो l उक्त चलचित्रमा सिर्जना बस्नेत नायिका रहेकी थिइन् l
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया