धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान”

इनेप्लिज २०७२ साउन २३ गते १९:१९ मा प्रकाशित

“धर्मद्वारा समाजको रुपान्तरण, धार्मिक हस्तक्षेप विरुद्द हाम्रो अभियान” भन्ने नाराका साथ मध्यपूर्वको इजरायलमा रहेका हिन्दु धर्मालम्वीहरुद्वारा नेपालका प्राचिन धर्महरु हिन्दु, वौद्द, किराँत, वोन्पो, लगायका नेपाली माटोका धर्म तथा संस्कृतिहरुको संरक्षणको निम्ती लागि पर्दै आइरहेको हिन्दु जागरण नेपाल अभियान इजरायलले हिन्दु जागरण अभियानका महाअभियन्ता सुप्रसिद्द भागवताचार्य आध्यात्म शिरोमणी रामकृष्ण उपाध्यायको उपस्थितिमा बृहत आध्यात्मिक प्रबचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।

१३ फेव्रुवरी शुक्रवार इजरायलको तेलअभिवमा रहेको केन्द्रिय वसपार्कस्थित एउटा हलमा आयोजना गरिएको उक्त आध्यात्मिक प्रवचन कार्यक्रममा नेपालबाट आमन्त्रित सुप्रसिद्द भागवताचार्य आध्यात्म शिरोमणी रामकृष्ण उपाध्यायलाई महागुरु तथा विशिष्ट अतिथीको आशनग्रहण गराइएको थियो भने हिन्दु जागरण अभियान इजरायलका गुरुद्वय गुरुप्रसाद उपाध्याय, भिम प्रसाद पौडेल तथा वौद्द धर्म गुरु थुप्तेन लामा तामाङलाई गुरुको आशनग्रहण गराइएको थियो ।

इजरायलकालागि नेपाली राजदूत महामहिम प्रल्हाद कुमार प्रसाईको प्रमुख आतिथ्यता साथमा उहाँकी धर्मपत्नी, नेपाली राजदूतावास इजरायलका काउन्सिलर तथा उपनियोग प्रमुख खड्ग प्रसाद दाहालको विशेष आथित्यता साथमा उहाँकी धर्मपत्नी, नेपाली राजदूतावास इजरायलकी द्विति सचिव रोशन खनाल, सहचारी कमल कोइराला साथमा उहाँकी धर्मपत्नी र नेपालबाट पाल्नुभएका उहाँका वुवा, इजरायली नागरिक समाजसेवी मिमी सम्युल, सोसाइटी अफ हेल्पिङ हर्ट्सका केन्द्रिय अध्यक्ष तथा व्यवसायी कृष्ण ज्ञवालीको विशेष आतिथ्यता रहेको थियो भने इजरायलमा रहेका विभिन्न सामाजिक संघ संस्थाका शिर्षस्थ व्यक्तित्व तथा प्रतिनिधिहरु, विभिन्न धार्मिंक तथा जातिय संघ संस्थाका प्रतिनिधिहरु, विभिन्न अनलाइन वेस न्यूज मिडियाका पत्रकारहरु लगायत उल्लेख्य भक्तजनहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको सभापतित्व हिन्दु जागरण नेपाल अभियान इजरायलकी संस्थापिका उमा ढकालले गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्नुहुदै प्रमुख अतिथी प्रल्हाद कुमार प्रसाईले एउटा पवित्र उद्देश्य लिएर नेपालबाट गुरुलाई आमन्त्रण गरी ज्ञानगुनका कुराकानीहरु सुन्ने अवसर प्रदान गरेकोमा हिन्दु जागरण अभियान इजरायललाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले विद्वानहरुले जुनसुकै कुराहरुलाई पनि सरल तरिकाले गर्ने गर्दछन् भन्ने उदाहरण प्रस्तुत गर्दै गुरु रामकृष्ण उपाध्यायको प्रबचन शैलिको प्रशंसा गर्ने क्रममा पण्डित उपाध्यायले समय सान्दर्भिक विषयवस्तुहरुमाथि तार्किक चर्चा गरेको भन्दै मुक्त कण्ठले उहाँको प्रशंसा गर्नुभएको थियो । उहाँले हिन्दु वैदिक धर्म जीवनको दर्शन भएको बताउनुहुदै सम्पूर्ण हिन्दु धर्मालम्वीहरुले आफ्नो धर्ममा रहेको सद्गुण, संस्कार र संस्कृतिलाई वुझ्ने प्रयास गर्नुपर्ने कुरा औल्याउनुभयो । विश्वमै सहनशिल जीवनपद्दती रहेको र सबैधर्मको अस्तित्वलाई स्विकार गर्ने धर्मको रुपमा रहेको हिन्दु धर्मलाई विदेशीहरुले पनि प्रशंसा गर्ने गरेको कुरा उल्लेख गर्दै महामहिम प्रसाईले करकाप, परिवन्ध र लोभ लालचले धर्म परिवर्तन गराउन नहुने बताउनुभयो ।

त्यस्तै नेपालबाट आमन्त्रित सुप्रसिद्द भागवताचार्य आध्यात्म शिरोमणी रामकृष्ण उपाध्यायले पछिल्लो समयमा इजरायलमा रहेका नेपालीहरुविच भइरहेको बढ्दो धार्मिक हस्तक्षेपप्रति लक्षित प्रबचन दिनुभएको छ । उहाँले हिन्दु धर्म संसारमै प्रजातान्त्रिक पद्दतीको मार्गदर्शक भएकाले हिन्दु धर्मले अन्य धर्महरुको अत्तित्वलाई स्विकार गर्दै आइरहेको बताउनुभयो । उहाँले हिन्दुत्व नरहे नेपाल र नेपालीको पहिचान नै हराउने कुरा बताउनुहुदै मुलुकको समकालिन धार्मिक तथा सांस्कृतिक संकटकालिन अवस्थालाई मध्यनजर गर्दै हिन्दुत्व रक्षाकोलागि एकपटक सम्पूर्ण सनातनीहरु एकजुट हुनुपर्ने अवस्था आइसकेको बताउनुभएको थियो ।

त्यस्तै कार्यक्रममा उपस्थित भक्तजनहरुलाई स्वागत गर्दै हिन्दु जागरण अभियान इजरायलका संयोजक रामगोपाल भण्डारीले इजरायलमा हिन्दु जागरण नेपाल अभियान शाखा इजरायल गठनको औचित्यमाथी प्रस्ट्याउनुभएको थियो भने सभापति उमा ढकालले कार्यक्रम सम्पन गर्न सहयोग गर्नुहुने सम्पूर्णप्रति आभार प्रकट गर्दै सम्पूर्ण उपस्थित भक्तजनहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रवचनको क्रममा विभिन्न खाले भजनहरुको समेत प्रस्तुती रहेको उक्त कार्यक्रममा इजरायलमा हिन्दु जागरण नेपालको शाखा गठनकोलागि मुख्य भुमिका निर्वाह गर्नुभएकी हिन्दु जागरण अभियान इजरायलकी संस्थापिक प्रमुख उमा ढकाल र इजरायलवाट संचालित उत्कृष्ट मिडियाहरूलाई सम्मान गरिएको थियो भने संस्था संचालनमा उल्लेख्य आर्थिक तथा भौतिक सहयोग पुर्याउने सदस्यहरुलाई प्रसंसापत्र हस्तान्तरण गरिएको थियो ।

कार्यक्रमको संचालन पत्रकार शुभद्रा भण्डारी र हिन्दु जागरण इजरायल अभियानका अभियन्ता गुरू भिम पौडेलले गरेका थिए । कार्यक्रमको उत्तरार्धमा उपस्थित भक्तजनहरुलाई प्रसाद तथा फलफुलको व्यवस्था गरिएको थियो । कार्यक्रम साँझ ६ वजेदेखी राती ११ वजेसम्म निकै शान्तमय वातावरणमा चलेको थियो ।

प्रतिक्रिया