‘सङ्घीयताबारे टुङ्गो लगाएरमात्र संविधान जारी गरिनुपर्छ’: मन्त्री साउद
काठमाडौँ, २३ साउन । सिँचाइ मन्त्री नारायणप्रकाश साउदले सङ्घीयतासम्बन्धी विवादित विषय सीमाङ्कन र नामाङ्कनको विषयलाई टुङ्गो लगाएरमात्र संविधान जारी गर्नुपर्ने धारणा राख्नु भएको छ ।
रिपोर्टस क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा मन्त्री साउदले सङ्घीयतासहित संविधानका अन्य विवादित विषयलाई सहमतिका आधारमा टुङ्गो लगाउँदै युगौँदेखि उत्पीडनमा पारिएको दलित, महिला, मधेसी लगायतको अधिकार सुनिश्चित गरी जतिसक्दो चाँडो संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
नेकपा (एमाले)का नेता प्रकाश ज्वालाले जनताको चाहना र भावनाको प्रतिनिधित्व हुनेगरी संविधान जारी गर्नुपर्ने भन्दै पहिलो मस्यौदामा आएका जनताका सुझावलाई जतिसक्दो धेरै संविधानमा समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।
संविधानका विवादित विषयमा पछि टुङ्गो लगाउने गरी विज्ञलाई जिम्मा लगाएर भए पनि संविधान जारी गर्नुपर्ने उहाँको भनाइ छ ।
एकीकृत नेकपा (माओवादी)का सचिव टोपबहादुर रायमाझीले पहिचान र सामथ्र्यका आधारमा संविधान जारी गर्नुपर्ने बताउनुभयो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया