राष्ट्रसङ्घका महासचिव मुनले गाजाद्वारा इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा
इनेप्लिज
२०७२ साउन २३ गते ११:०३ मा प्रकाशित
राष्ट्रसङ्घ, २३ साउन । राष्ट्रसङ्घका महासचिव वान कि मुनद्वारा गाजाले इजरायलमाथि गएको केही दिनदेखि गरिरहेको क्षेप्यास्त्र आक्रमणको निन्दा गर्नुभएको छ ।
गाजाद्वारा इजरायलमाथि एकपछि अर्को गर्दै गएको केही दिनदेखि गरिरहेको आक्रमणको महासचिव मुनद्वारा भत्र्सना भएको हो ।
प्राप्त समाचार अनुसार इस्लामिक स्टे्ट (आइएस) निकट मानिने इजिप्टका लडाकूद्वारा मध्य गाजा क्षेत्रबाट इजरायलमाथि बिहीबार गरिएको आक्रमणमा दुई इजरायली सुरक्षाकर्मी तथा अन्य केही गम्भीर घाइते भएका थिए ।
राष्ट्र सङ्घका महासचिवले आक्रमणको निन्दा गर्दै सबै सम्बन्धित पक्षसँग यस्ता आक्रमण हुन नदिन आवश्यक पहल गर्न भन्नुभएको हो ।
महासचिव मुनले इजरायल र प्यालेस्टेनी राजनीतिक तथा साम्प्रदायिक नेताहरूलाई यस्ता घटना नियन्त्रणका लागि गम्भीर बन्न आग्रह गर्नुभएको छ । रासस÷सिन्ह्वा
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया