बिहीबार, असार १० २०७८
काठमाडौं ०३:४७
वासिङटन डिसी 18:02

विश्व ११ सँग खेल्न नेपाली टोली मलेसिया प्रस्थान, ज्ञानेन्द्रले नखेल्ने

इनेप्लिज २०७२ साउन २३ गते १०:४४ मा प्रकाशित

gyanendra-malla

काठमाडौं, २३, साउन । नेपालका भूकम्पपीडितको सहयोगार्थ आयोजना गरिएको ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गत आइतबार हुने क्रिकेट खेल खेल्न नेपाली टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

नेपाली टिमले आइतबार मलेसियाको राजधानी क्वालामपुरको किनरार ओभलमा विश्व ११ सँग खेल्दैछ । विश्व ११ सँग खेल्ने नेपाली टिममा समावेश गरिएका उपकप्तान ज्ञानेन्द्र मल्ल भने मलेसिया गएनन् ।
उनी घरेलु कारणले विश्व ११ सँगको खेलमा नेपाली टिमबाट सहभागी नभएका हुन् । किनरारा ओभलमा हुने खेलका लागि नेपाल क्रिकेट संघ क्यानले उनको स्थानमा नरेश बुढायरलाई टीममा राखेको छ ।
रस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा यू–१९ कप्तान राजु रिजाल पनि छन् । २० ओभरको खेलमा विश्व ११ को कप्तानी श्रीलंकाका लेजेन्ड सनथ जयसूर्याले गर्दैछन् ।

प्रतिक्रिया