बिहीबार, असार १० २०७८
काठमाडौं ०२:५८
वासिङटन डिसी 17:13

लायन्स क्लब अफ फ़्रिमन्ट सागरमाथा ले सकर प्रतियोगिता गर्ने –

इनेप्लिज २०७२ साउन २३ गते १०:३० मा प्रकाशित

नेपलिज इन अमेरिका सिलिकन भ्याली कप २००१५

२०१४ मा ” हामि सेवा गर्छौँ” को मुल मन्त्र सहित स्थापना भएको नाफा रहितको सामाजिक सस्था “लायन्स क्लब अफ फ़्रिमन्ट सागरमाथा” ले थुप्रै जनहितका कामहरु गर्दै आएको छ। रक्तदान कार्यक्रम ,साँस्कृतिक कार्यक्रम ,नेपालका अनाथ बाल बालिकाहरुका लागि नेपालि चलचित्र प्रदर्शन ,अन्तरास्ट्रिय भोक निवारण कार्यक्रम अन्तर्गत तेश्रो मुलुकमा पठाउन खाना पोका पार्ने कार्यक्रममा सहयोग,तत्काल नेपालमा गएको बिनास कारी भुकम्पमा आर्थिक सहयोग तथा अन्य धेरै सामाजिक कामहरु गर्दै आएको छ।अन्य स्थानिय संघ सस्थाहरु संग सहकार्य गर्नु र अरुले गरेका कार्यक्रमहरुलाई सहयोग पुर्र्याउने हाम्रो द्रिढ संकल्प हो, छ र सधै रही रहने छ।

स्थानिय समाज र सेरोफेरोमा रहेका नेपालि मुलका युबा युवतीहरुलाई खेलकुदमा प्रोत्साहन होस् भन्ने अभिप्रायले लात्ते भकुण्डो (सकर) प्रतियोगिता आकर्षक धनराशी रहेको (प्रथम पुरस्कार २००० डलर, द्वितिय पुरस्कार १००० डलर ,उत्कृस्ट खेलाडीलाई २०० डलर )प्रतियोगिताको आयोजना हुँदै गरेको कुरा अबगत गराउन पाउदा हामीलाई धेरै खुसि लागेको छ। नेपालि मुलका जुन सुकै सस्था वा समुह सहभागी हुँन पाउने यस प्रतियोगितको दर्ता सुल्क ५०० डलर तोकिएको छ। प्रतियोगिता संचालन गर्न थुप्रै प्रायोजकहरुको प्रत्यक्ष सहयोग रहने यस प्रतियोगितामा सकर प्रतियोगिताको अलावा सानासाना बाल बच्चालाई सुहाउदा बिभिन्न किसिमका खेल तथा मनोरञ्नात्मक क्रियाकलापहरु पनि गरिने छन। सबैको सहयोग,सद्भाब र सहभागिताको लागि अनुरोध गर्दै प्रतियोगितालाई आआफ्नो स्तर बाट प्रचार प्रसार गरिदिनु हुँन अनुरोध गर्दछु।

अध्यक्ष —- शंकर कार्की

कार्यक्रम संयोजक – गगन पाण्डे, संपर्क: 408 582 8348

कार्यकम मिति : August 29, 2015

कार्यक्रम स्थल – Fremont Soccer Complex, 1110 Stevenson Blvd. Fremont, CA 94538

समय- 9AM – 7PM

प्रतियोगितमा सहभागी हुँन चाहने समुहहरुले August 14 सम्म तोकिएको सुल्क बुझाई दर्ता गर्नु हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।

प्रतिक्रिया