सन्नी लियोनीलाई घिसारेर भारतबाट निकाल्नुपर्छ : राखी सावन्त

इनेप्लिज २०७२ साउन २३ गते २:१६ मा प्रकाशित

rakhi-sawant-sunny-leone-650x437मुम्बई । बलिउडकी हट नायिका राखी सावन्तले पोर्न वेबसाइटमा प्रतिबन्ध लगाउने भारत सरकारको निर्णयलाई समर्थन गरेकी छिन् ।

एक अंग्रेजी समाचारपत्रमा कुराकानी गर्दै राखी सावन्तले पोर्नका साथै सन्नी लियोनलाई पनि प्रतिबन्ध लगाउनुपर्ने माग गरेकी छिन् । राखी सावन्तले भनिन्, ‘जुन काम ठूला ठूला प्रधानमन्त्रीले गर्न सकेनन्, त्यो काम मोदीजीले गरेर देखाए । म मोदीजीलाई धन्यवाद भन्न चाहन्छु ।’ हरेक स्कूलमा पोर्न वेबसाइट हेरिन्छ ।
११ वर्षका बच्चाहरु स्कूलमा बसेर पोर्न हेर्छन् । बच्चालाई मोबाइल र ल्यापटप दिइन्छ । यही कारण उनीहरु बिग्रिरहेका छन्,’ राखी भन्छिन्, ‘पोर्नका साथै सन्नी लियोनलाई पनि भारतमा प्रतिबन्ध लगाउनुपर्छ । उनलाई यहाँबाट घिसारेर बाहिर निकाल्न आवश्यक छ ।’
बलिउडमा सन्नी लियोनका कारण नै अंगप्रदर्शनको होडबाजी चलेको राखी बताउँछिन् । उनी भन्छिन्, ‘सन्नीका कारण नै अरु अभिनेत्रीहरले पनि अंगप्रर्दशन गर्नुपरिरहेको छ ।

प्रतिक्रिया