एनआरएन अमेरिकाको दूर संबाद टिपीएस गोष्ठी सफलता पूर्वक सम्पन्न
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिको स्वास्थ्य तथा कल्याण समितिको पहलमा दूर संवाद प्रणाली द्वारा गरिएको टिपीएस गोष्ठी भव्यताको साथ सम्पन्न भएको छ l
उक्त दूर संबाद गोष्ठीमा न्युयोर्कका ख्याती प्राप्त कानुनविद द्वय खगेन्द्र जीसी तथा बिनोद रोका वक्ताको रुपमा रहेका थिए l उक्त गोष्ठीमा व्यापक जिज्ञाशा तथा प्रश्नहरु आएका थिए भने वक्ताहरुले महत्वपूर्ण जानकारी दिएका थिए l
एनआरएन अमेरिकाका स्वास्थ्य तथा कल्याण समितिका संयोजक डा संजिव सापकोटाले दूर संबाद प्रणालीबाट २ पटक कार्यक्रम गरेको जानकारी दिएका थिए भने यस पटकको गोष्ठीमा ३ सय जना जति रहेको र यो भन्दा अगाडी भएको कार्यक्रममा ४ सय जति सहभागिता रहेको बताए l
कार्यक्रममा एनआरएन अमेरिकाका अध्यक्ष डा केसव पौडेलले अमेरिकन सरकारले अस्थाई सुरक्षित दर्जा ( टेम्पोररि प्रोटेकटेड स्टाटस)प्रदान गरेकोमा अमेरिकन सरकारलाई धन्यबाद दिएका थिए l
सहभागीहरुमा बिद्यार्थीहरुले आफु बिद्यार्थी तथा एच १ प्रवेश आज्ञा आदि भएकोले टिपीएसमा निबेदन दिन पाईने कि नपाईने भनि जिज्ञाशा राखेका थिए l
द्वय वक्ता तथा अधिवक्ताहरु खगेन्द्र जीसी तथा बिनोद रोकाले जुन २४ भित्र अमेरिका पसेका सबैले टिपीएस मा निबेदन दिन सक्ने तथा शरणार्थीहरुले झन् दिनु पर्ने भन्दै केवल अपराधी गतिविधिमा संलग्न व्यक्तिले मात्र टिपीएस दिन नपाउने भनि जानकारी दिएका थिए l
दूर संबाद टिपीएस गोष्ठी कार्यक्रमको संचालन स्वास्थ्य तथा कल्याण समितिका उप संयोजक गोबिन्द श्रेष्ठले गरेका थिए l
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया