भूकम्प पीडितको लागि एक हजार घर तीब्र गतिमा बनाउँदै छौं: डा. मदन उप्रेती

इनेप्लिज २०७२ साउन २२ गते १९:४१ मा प्रकाशित

IMG_1017

बैशाख १२ गतेको नेपालमा गएको महा भूकम्पको प्रत्यक्ष प्रभाव परेकालाई डिसी महानगर क्षेत्रबाट तत्काल राहत ,घाईते तथा अन्य लाई जीवन बचाउन नेपाल आमालाई सम्झदै बिमान स्थलबाट राष्ट्रिय गाउदै स्वास्थ्य टोलि संग नेपाल पुगेका चिकित्सक मदन उप्रेती भन्छन ,भूकम्प पिडितको लागि एक हजार घर तेज गतिमा बनाई रहेको ताजा जानकारी ईनेप्लिज़लाई दिए l

नेपालका बिकट गाउँमा समेत उपचार र राहत सामग्री वितरणमा आफुले भोगेका र कहाली लाग्दो अनुभव भाबुक मुद्रामा सुनाए l डिसी महानगर क्षेत्रमा एक दशक भन्दा ज्यादा समय बिताएका चिकित्सक उप्रेती अहिले १ हजार घर बनाउन मिसन रिबिल्ट नेपाल मार्फत अहोरात्र खटिई रहेका छन् l

अमेरिकाको डिसी महानगर क्षेत्रका दाता ,संघ तथा संस्था ,बिभिन्न दात्री निकाय तथा म्यारिल्याण्ड स्थित नेपाल शिक्षा तथा संस्कृति केन्द्रको पहलमा १ हजार घर बनाउने लक्ष्य अनुसार सिन्धु पाल्चोकको सिपा पोखरे गाउँलाई छनौट गरि घर धमाधम बनाई रहेको बताए l

चिकित्सक उप्रेतीले भूकम्प पिडितहरुका घर बनाउने बारेमा जानकारी दिनु अगाडी आफु चढेको हेलिकप्टर बिकट गाउँमा पुर्याएर आएको २-४ दिनमा हेली कप्टर दुर्घटना भएकोले आफु निकै त्रसित भएको बताए l

बैशाख १२ गते गए पछि दोश्रो पटक आएको ठुलो भूकम्पमा आफु सिन्धु पलान्चोकको भोतांग ,जुन चिनको सिमा क्षेत्र नजदिक मकै बारीमा बिरामी परिक्षण गरि रहेको समयमा एक महिलालाई ठुलो ढुंगाले पेटमा लागि गम्भीर घाईते भै आफु कहाँ ल्याएको दयनीय कहानी सुनाए l

IMG_1049

त्यी महिलाको मिश्रित हड्डी टुटेको र उपचार समयमा नपाए बाच्ने सम्भावना कम देखेकोले मन आतियो भने l झन् उनि संगै आएको उसको बच्चा डाको छोडेर रोकेको देख्दा आफु निकै भावानामा बगेको भन्दै कसैकी पत्नी ,कसैकी आमा ,कसैकी ममतामयी दिदि बहिनि भएकोले मानवता सबै भन्दा ठुलो लाग्ने भएकोले महिला लाई मर्न दिनु हुदैन भनें लागेर आफै बोकेर उनलाई काठमाडौँ लागेको र अर्को जीवन प्राप्त गरिन भन्दै त्यो सबै भन्दा ठुलो धर्म आफुलाई लागेको भन्दै त्यो जस्तो ठुलो पुन्य काम केहि हुदैन जस्तो आफुलाई लागेको बताए l

डा उप्रेतीले हेर्ने बितिकै मनमा एक कुरा सोचे २ घण्टा भित्र महिलालाई काठमाडौँ पुगाईन भने प्राण त्याग्ने आफुलाई लागेकोले ग्वार माग्दा केहि सिप नलाग्ने भए पछि कसो कसो गरि डेनिडाको एउटा स्वयम् सेवक त्यहाँ देख्दा हर्षले आँशु आएको बताए l

अब सिकिस्त महिला बाच्ने छिन भन्ने आशाको किरण पलायो भन्दै त्यहाँ बाट काठमाडौँ केयर नेपाललाई कुनै हालतमा यी महिलालाई बचाउनु पर्छ भनि आग्रह गरे पछि काठमाडौँ बाट १ घण्टा भित्र हेली कप्टर आएकोमा डा उप्रेती आस्चर्य भएको बताए l

IMG_1053

अब यी महिला बाच्ने छिन र आफुले बचाउने छु भन्ने ठान्दै तुरुन्तै उनलाई लागि सिधै ग्रांडी अस्पतालको छतमा त्यी महिलालाई हेली कप्टर बाट उतार्दा मान्छे भाग दौड भएकोमा अचम्बित भएको बताए l

उनले भने ग्रांडी अस्पताल आफै नै चर्किएको त्यसमा पनि हेली कप्टर छत माथि राखी दिदा अस्पताल ढल्ने जस्तो भएकोले मानिस भागा भाग गरेको बताउदै १४ तलाको भर्याङ्ग बाट बडो मुस्किलले महिलाको ज्यान बचाएकोमा सबै भन्दा हर्षित भएको बताए l डा उप्रेतीले मिसन रिबिल्ट नेपाल माध्यम बाट सिन्धु पाल्चोक को सिपा पोखरेका ३ हजार २ सय मानिसको लागि ९ सय ९८ वटा घर बनाउने योजना अनुसार हाल सम्म ५९ वटा घर बनाई सकिएको बताए l

उक्त गाउँमा वडा २ मा ७४ वटा घर मध्ये ५३ वटा बनाई सकिएको र अब २ हप्ता भित्र १५ वटा थप घर बन्ने बताए l हालसालै गएको भिषण वर्षा बाट प्रभावित भए पनि काम नरोकिएको बताउदै दिनमा ३ वटा घर बनाउदा पनि १ बर्ष लाग्ने छ भने l यसै गरि वडा ५ मा ९७ वटा मा २५ घरको काम सुरु भै सकेको छ भन्दै वडा ८ मा पनि १ सय १८ वटा घर घरको प्रक्रिया सुरु भै सकेको बताए l

करिब १ हजार घर बनाउन ३ लाख ५० हजार डलर लाग्ने बताउदै अहिले सम्म १ लाख ७५ हजार उठी सकेको र १ लाख ५५ हजार खर्च गरि सकेको जानकारी दिएका छन् l डा उप्रेतीले बैंक अफ अमेरिकामा करिब ८० हजार डलर जति रकम रहेको र नेपालमा १५ हजार डलर जति मौज्दातमा रहेको बताउदै पे पाल बाट पनि ३ हजार ५ सय डलर खाता आएको बताए l

भूकम्प पिडितलाई राहत सामग्री पुर्याउन जाँदा प्रहरीले लगेको सामग्री बाटोमा लुटिन्छ भनि प्रहरीले संगै गन्तब्य स्थानमा सुरक्षा पहरा दिई लगेकोमा प्रहरी देशका लागि बफादार लागेको बताए l सरकारले एक द्वार प्रणालीबाट मात्र सामग्री लाने आदेश दिएता पनि स्थानीय प्रहरी र सेनाले केन्द्रको आदेश भन्दा छिटो छरितो रुपमा जनतालाई भोकै मर्न दिनु हुदैन भन्दै माथिको आदेशलाई बेवास्ता गर्दै जीवन बचाएकोमा स्थानीय स्तरमा खटिएका प्रहरी र सेना प्रति सलाम गर्न चाहेको बताए l

IMG_1014

भूकम्प पिडित लाई ओखति मुलो गर्न गएको तर त्यहाँ तत्काल सामग्री वितरण गर्नु पर्ने अपरिहार्य भएकोले त्यतातिर लागेको बताउदै यसमा सबैको सहयोग रहेकोमा डिसी महानगर क्षेत्र वरपर का संघ ,संस्था तथा सबैलाई धन्यबाद दिन चाहेको बताए l डा उप्रेतीले भने यो काम निरन्तरता चल्नु पर्छ अहिले फेरी राहत र जनताले दुख पाई रहेकोमा आफु चिन्तित रहेको बताए l सानो स्तरको तर्फ बाट गरेको काम प्रभावकारी हुने बताउदै काममा लागि रहन सबैमा आग्रह गरेका छन् l

यस्तै गरि अमेरिकन सरकारले नेपाली लाई प्रदान गरेको टिपीएस मा पनि २ पटक सेवा पुरयाई सकेको उल्लेख गर्दै मिसन रिबिल्ट नेपाल तथा अन्य अधिवक्ताहरुको योगदान प्रति धन्यवाद दिन चाहेको छु भने l

डा उप्रेतीले उक्त स्थानमा घर निर्माण गर्न मिसन रिबिल्ट नेपाल तथा नेपाल सरकार बिच औपचारिक सम्झौता भै हस्ताक्षर पनि भै सकेको बताए l

IMG_1068

प्रतिक्रिया