शुक्रबार, असार ११ २०७८
काठमाडौं १५:२२
वासिङटन डिसी 05:37

सोह्रबुँदेमा नेकपा एमालेको जोड, कार्यालय सर्ने

इनेप्लिज २०७२ साउन २२ गते १३:४३ मा प्रकाशित

11817016_859950840747915_2307787978668739263_nकाठमाडौंँ, २२ साउन । नेकपा (एमाले) ले यही साउनभित्र सकेसम्म सीमाङ्कनसहितको संविधान जारी हुनुपर्नेमा जोड दिएको छ ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा प्रदेशको सीमाङ्कनका बारेमा चारदलका शीर्ष नेताका बीच भएको छलफलबारे अवगत गराएपछि सीमाङ्कनको विवादका नाममा संविधान जारी गर्न ढिलो गर्न नहुनेमा जोड दिइएको स्थायी कमिटीका सदस्य छविलाल विश्वकर्माले बताउनुभयो ।

उहाँले छ प्रदेशको वरिपरि सहमति जुटाउन नेतृत्वलाई सुझाव दिइएको पनि बताउनुभयो । उहाँले विवाद लम्बिएमा गत २५ जेठको १६ बुँदे सहमतिअनुसार संविधान जारी हुनुपर्नेमा जोड दिइएको बताउनुभयो ।

एमाले कार्यालय सर्दै

विनाशकारी भूकम्पले क्षति पुर्‍याएको एमालेको मदननगर, बल्खुस्थित केन्द्रीय कार्यालय भोलि साउन २३ देखि काठमाडौँ महानगरपालिका–४ धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान बसेको भवनमा स्थानान्तरण हुने भएको छ ।

एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले आज जारी गर्नुभएको विज्ञप्तिमा कार्यालय पूर्ववत् रूपमै सञ्चालन हुने र आवधिक रूपमा पार्टीका विभिन्न गतिविधिहरू पनि यथावत आयोजना हुने भएका छन् ।

प्रतिक्रिया