आइतबार, असार १९ २०७९
काठमाडौं ००:०२
वासिङटन डिसी 14:17

कालेगाउँ केन्द्रमा सुत्केरीले दिइन् बच्चासँगै परीक्षा

इनेप्लिज २०७२ साउन २२ गते १३:३१ मा प्रकाशित

जाजरकोट, २२ साउन । एसएलसी परीक्षाको गणित विषयको परीक्षाको दिन आज जाजरकोटको शिव व्यावसायिक मावि कालेगाउँ परीक्षाकेन्द्रमा एक सुत्केरीले परीक्षा दिएकी छिन् ।

लक्ष्मी उच्च मावि ढिमेखुर्पाकी सविता सिंहले बच्चासँगै परीक्षा दिएकी हुन् । परीक्षा सुरु हुनुभन्दा अघि बच्चा जन्मिएपछि सिंहले सट्टामा लेख्ने मानिस राखेर गणित विषयको परीक्षा दिएको केन्द्राध्यक्ष तिलक खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया