इलाम, २२ साउन । इलाममा एक वर्षमा नौ हजारभन्दा बढीलाई नागरिकता प्रमाणपत्र वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, इलामका नागरिकता फाँटका नायब सुब्बा लक्ष्मण पाण्डेका अनुसार वंशज, वैवाहिक अङ्गीकृत र प्रतिलिपि गरेर नौ हजार १३९ जनालाई नागरिकता वितरण गरिएको हो । पाँच हजार ९९५ वंशजका आधारमा, १३९ वैवाहिक अङ्गीकृत र तीन हजार पाँच जनालाई प्रतिलिपि वितरण गरिएका छन् ।
जिल्ला प्रशासनले जिल्लाका माईमझुवा, महमाई, श्रीअन्तु लगायतका गाविसमा घुम्ती शिविर आयोजना गरी पनि नागरिकता वितरण गरेको जनाएको छ ।
प्रतिक्रिया