ग्लोवल फोरमद्धारा दलित आन्दोलनका लागि ५० हजार सहयोग

इनेप्लिज २०७२ साउन २२ गते ४:०८ मा प्रकाशित

Global Forum News Photos (2)

२१ श्रावण ०७२– काठमाण्डौ । जातीय विभेद विरुद्ध विश्व मञ्च (ग्लोवल फोरम) ले नेपालमा जारी संयुक्त दलित आन्दोलनका लागि ५० हजार आर्थिक सहयोग गर्ने जनाएको छ । ग्लोवल फोरमका संयोजक धर्म विश्वकर्माले आज राजधानीमा संयुक्त राजनीति दलित संघर्ष समिति, दलित सभासद समन्वय समिति र दलित नागरिक समाजले संयुक्त रुपमा आयोजना गरेको वृहत जनप्रदर्शन कार्यक्रममा सम्वोधन गर्ने क्रममा सहयोग गर्ने वताउनुभएको हो ।

नेपालमा एकीकृत रुपमा दलित आन्दोलन अगाडि वढेकोमा खुसी व्यक्त गर्दै आन्दोलनलाई सम्झौताहीन ढंगले थप उचाइमा पुरयाउनुपर्ने वताउदै विश्वकर्माले विदेशमा रहेका सवै दलित समुदायको यो आन्दोलनमा ऐक्यवद्दता रहेको वताउनुभयो । तपाईहरु यो आन्दोलनलाई उचाइमा पुर्याउनुहोस विदेशमा रहेका आम दलितहरु यसमा सहयोग गर्न तयार छन् भन्दै विश्वकर्माले ग्लोवल फोरमले आवश्यक परे थप सहयोग समेत गर्न सक्ने जानकारी दिनुभयो । आफूहरुले दिएको सहयोग संयुक्त दलित आन्दोलनका घाइतेहरुको उपचार गर्न तथा आन्दोलन परिचालनका लागि खर्च गर्न सक्ने समेत उहाँले वताउनुभयो ।

नयाँ संविधानको प्रारम्भिक मस्यौदा जारी भएपछि ग्लोवल फोरमले अमेरिका स्थित केन्द्रीय कार्यलयका तर्फबाट राजदुत मार्फत संविधानसभा, तथा बिभिन्न दलहरुलाई सुझाव हस्तान्त्रण गरेको थियो भने नेपालमा रहेका फोरमका प्रतिनिधिहरुले सुझाव संकलन समितिका सभापति प्रमिला राणालाई सुझाव हस्तान्त्रण गरेका थिए ।

ग्लोवल फोरम संसारका विभिन्न भागमा पेशा, व्यावसाय र अध्ययन गर्नका लागि वसेका दलित समुदायका व्यक्तिहरुले स्थापना गरेको अन्तराष्टिय संस्था हो । संस्थाले संसारभर रहेका दलितहरुलाई एक वनाएर नेपालको दलित आन्दोलनलाई सहयोग गर्ने उद्देश्य लिएको जनाएको छ । यस अगाडि पनि भूकम्प पीडितहरुका लागि फोरमले ६ लाख राहत पठाइसकेको छ ।

Global Forum News Photos (1)

प्रतिक्रिया