सिरियामा पत्रकार हत्याको विरोध
दमासकस, २१ साउन । सिरियामा गतहप्ता भएको पत्रकारको हत्याको विश्वका सञ्चार अधिकारकर्मीहरूको संस्थाहरूले विरोध गरेका छन् ।
सरकारी सञ्चारमाध्यममा कार्यरत एक पत्रकारको पूर्वी दमासकसमा जारी झडपमा गोली लागेर मृत्यु भएको समाचारमा जनाइएको थियो ।
विश्वका अन्य मानवअधिकारवादी समूहले पत्रकार हत्याको विरोध गरेको समाचारमा उल्लेख गरिएको छ । सिरियाली राज्यद्वारा सञ्चालित एक टेलिभिजन च्यानलका अनुसार ती पत्रकारको ठाएर अल आज्लानीको जोबार क्षेत्रमा भएको झडपमा मृत्यु भएको हो ।
जोबार अहिले पनि अल कायदासँग आवद्ध अल नुस्रा फ्रन्टका आतङ्ककारीहरूलगायत विद्रोही समूहको नियन्त्रणमा रहेको छ । पत्रकारहरूको हक हितमा काम गरेका सङ्घसंस्थाले पत्रकारको हत्याको व्यापक मात्रमा विरोध गरेको बताइएको छ ।
सो सहर पुनः कब्जाका लागि सरकार समर्थक नागरिक सेना, राष्ट्रिय प्रतिरक्षा बल र लेबनानीज लडाकू समूह हेज्बोल्लाहरू घेरा लगाएर बसेका जनाइएको छ ।
आज्लानी अल वालत समाचारका पत्रकार लेखक पनि थिए । सो समाचार पत्रिका सरकार समर्थित भएको बताइएको छ ।
जोबारमा सोमबार बिहानबाट भीषण झडप सुरु भएको छ । यहाँ सरकारी पक्षबाट कम्तीमा २० वटा हवाई आक्रमण भएको पनि जनाइएको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया