माइक्रो बस र टेम्पो ठोकिदा एक दर्जन घाइते

इनेप्लिज २०७२ साउन २१ गते १५:१६ मा प्रकाशित

accident-signसप्तरी, २१ साउन । राजविराज–भारदह सडक खण्ड अन्तर्गत सप्तरीको देउरी भरुवामा आज बेलुका माइक्रो बस र टेम्पो एक आपसमा ठोकिँदा करिब एक दर्जन यात्रु घाइते भएका छन् भने १० जनाको अवस्था गम्भिर रहेको छ ।

विराटनगरबाट राजविराजतर्फ आउँदै गरेको को १ ज २१४९ नम्बरको माइक्रो बसले बिपरीत दिसाबाट जाँदै गरेको स १ ह १३२ नम्बरको टेम्पोलाई ठक्कर दिँदा टेम्पोमा सवार करिब एक दर्जन यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

गम्भिर घाइतेको उपचारका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान र विराटनगरको न्यूरो अस्पताल पठाइएको अस्पताल श्रोतले जनाएको छ ।

प्रतिक्रिया