वर्षाको अभावमा चालीस प्रतिशतमात्र धान रोपाइँ
रौतहट, २१ साउन । यस जिल्लामा यो वर्ष पर्याप्त वर्षाको अभावमा ४० प्रतिशतमात्र धान रोपाइँ भएको छ ।
समयमा वर्षा हुन नसकेका कारण साउन महिना बित्न लागे तापनि धान रोपाइँ हुन सकेको छैन । जिल्लाको पूर्वी भेगमा झाँझ नहर, उत्तरी भेगमा वाग्मती सिँचाइ आयोजनाको नहरबाट सिँचाइ सुविधा उपलब्ध रहे तापनि पश्चिम तथा दक्षिणी भेगमा कुनै प्रकारको सिँचाइ सुविधा रहेको छैन ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार ६५ हजार ९६९ हजार हेक्टर कुल खेतीयोग्य जग्गामध्ये ३९ हजार तीनसय हेक्टर क्षेत्रफल जग्गामा धानखेती हुने गर्छ । यसपटक समयमा पानी नपरेकाले हालसम्म ४० प्रतिशतभन्दा कम क्षेत्रफलमा मात्र रोपाइँ भएको उक्त कार्यालयका कृषि प्राविधिक सहायक थुकरन मिश्रले बताउनुभयो ।
प्रतिकट्ठा धान रोपाइँ गर्दा हाल बीउ, मल, पानी, ज्यालासमेत गरी रु एक हजारभन्दा बढी खर्च रहेको किसानको भनाइ छ । स्थानीय कटहरिया गाविस–१ का किसान गणेश साहका अनुसार वर्षा भई सामान्य अवस्थामा धान रोपाइँ गर्दा प्रतिकट्ठा रु ६०० खर्च हुन्छ । वर्षाको अभावमा समय र पैसा दुवैको क्षति हुँदा पनि सोचेजस्तो धानबाली नभएको उहाँले बताउनुभयो ।
जिल्लाका किसानले सुक्खाग्रस्त क्षेत्र घोषणा गरी राहतका लागि विशेष प्याकेजको व्यवस्था गर्न माग गरेका छन् ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया