सोमबार, जेठ ९ २०७९
काठमाडौं ०१:०८
वासिङटन डिसी 15:23

नेपाल ओलम्पिक कमिटीको निर्वाचन स्थगित

इनेप्लिज २०७२ साउन २१ गते १५:०९ मा प्रकाशित

indexकाठमाडौँ, २१ साउन । आज हुने भनिएको अन्तर्राष्ट्रिय मान्यताप्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)को निर्वाचन स्थगित भएको छ ।

नेपाल कुस्ती सङ्घ, नेपाल कराँते महासङ्घ र नेपाल ¥याफ्टिङ एन्ड क्यानोनिङ सङ्घले पुनरावेदन अदालत पाटनमा रिट दायर गरेपछि तत्काल निर्वाचन नगर्न बुधबार पुनरावेदन अदालतले आदेश दिएको थियो ।

ध्रुवबहादुर प्रधान नेतृत्वको ओलम्पिक कमिटी आन्तरिक रुपमा निकै विवादितसमेत भएको थियो ।

यसैबीच, ओलम्पिक कमिटीको कार्यालय सातदोबाटोमा आज आयोजित पत्रकार सम्मेलनमा कमिटीमा आबद्ध २६ खेलकुद सङ्घमध्ये अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले विधानमा व्यवस्था गरेअनुसारको समयअघि साधारणसभाबारे जानकारी नगराएकाले निर्वाचन स्थगित गरिएको ओलम्पिक कमिटीले बताएको छ ।

कमिटीको निर्वाचन एक महिनाका लागि पछि सरेको भनिएपनि मिति भने तोकिएको छैन । विधानअनुसार साधारणसभाबारे हरेक सदस्य सङ्घलाई कम्तीमा २१ दिन अगाडि लिखित जानकारी गराउनुपर्नेमा प्रक्रिया नमिलेका कारण निर्वाचन साधारणसभालाई साधारणसभामा परिणत गरि निर्वाचन स्थगित गरिएको महासचिव जीवनराम श्रेष्ठले बताउनुभयो ।

“हामी अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल एसियाको विधानको आधारमा काम गर्छौँ, त्यसैले हामीले आज हुने भनिएको निर्वाचन कम्तीमा एक महिनाभित्र गर्ने निर्णयसहित स्थगित गरेका छौँ”–निर्वाचनमा अध्यक्षका प्रत्यासी श्रेष्ठले भन्नुभयो ।

पौडीमा गौरीकाको दोस्रो राष्ट्रिय कीर्तिमान
रुसको कजानमा जारी १६ औँ पौडी प्रतियोगिताअन्तर्गत फिना विश्व च्याम्पियनसिपमा नेपाली खेलाडी गौरीका सिंहले दोस्रो राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी छिन् ।

उनले १०० मिटर फ्रि–स्टाइलको दूरी १ मिनेट ३.२३ सेकेन्डमा पूरा गर्दै आप्mनो नाममा रहेको कीर्तिमानमा ६८ ‘डिजिट’ले सुधार गरेकी हुन् । यसअघि उक्त दूरी १ मि ३.९१ सेकेन्डको थियो । उनले उक्त कीर्तिमान जेठमा काठमाडौँमा सम्पन्न २० औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा राखेकी थिइन् ।

उक्त प्रतिस्पर्धाको हिटमा दोस्रो स्थानमा आएकी गौरीकाले समग्रमा ८१औं स्थान ओगट्न सफल रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएको छ । प्रतियोगितामा ९० खेलाडीको सहभागिता थियो ।

प्रतिक्रिया