रेशम फिलिली बोष्टनमा देखाइने, सबै नाफा नेपालको पुनर्जीवनमा
चलचित्र रेशम फिलिली अगस्त १६ मा बोष्टनमा प्रदर्शन गरिने र त्यसबाट संकलित सबै नाफा रकम नेपालको पुननिर्माणमा खर्च गरिने भएको छ । नेपालको पुनर्जीवनको मर्मसहित चलचित्रको च्यारिटी शो गर्न लागिएको र शोमा आफूपनि उपस्थीत हुने चलचित्रका निर्माता एवं कलाकार विनय श्रेष्ठले जानकारी दिए ।
बोष्टनमा गरिने च्यारिटी शो श्रेष्ठको पहलमा नै गरिन लागेको हो । चलचित्रको च्यारिटी शोमा उपस्थीत भएर नेपालको पुननिर्माणमा सघाउन र चलचित्र हेरेर मनोरञ्जन लिन विनयले अनुरोध गरेका छन् । चलचित्रको टिकट शुल्क १५ डलर रहेको छ ।
रेशम फिलिली टिमले भूकम्पको भोलिपल्टदेखि नै राहतको काम सुरु गरेको थियो । रेशम फिलिली टिमले ५ लाख रुपैयाँ राहतको लागि खर्च गरेको थियो । दुर्गम क्षेत्रमा ध्वस्त भएका आधारभूत चिजलाई पुनः निर्माण गर्ने लक्ष्यका साथ रेशम फिलिली टिमले काम गरिरहेका छौं । त्यसैको शिलशिलामा बोष्टनमा च्यारिटी शो गर्न लागिएको विनयले जानकारी दिए ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया