बालश्रम घटाउन ‘परिवार सक्षम बनाउने अभियान’ सुरु
रत्ननगर (चितवन), २१ साउन । चितवनको रत्ननगर उद्योग वाणिज्य सङ्घले बालश्रमिक बढ्दै गएको भन्दै परिवार सक्षम बनाउने अभियान सुरु गरेको छ ।
परिवार सक्षम नभएसम्म बालश्रमिक न्यूनीकरण गर्न नसकिने निष्कर्षसहित सङ्घले उक्त अभियान सुरु गरेको हो । अभियानअन्तर्गत घरेलु बालश्रमिकका अभिभावकलाई सहकारीमा खाता खोल्न रु तीन हजारका दरले विभिन्न क्षेत्रमा रकमसमेत दिइएको छ ।
उनीहरुको आयआर्जन वृद्धि गर्न ३४ जनालाई बाख्रा, सात जनालाई रिक्सा, तीन जनालाई ठेला र पाँचजनालाई पाडी दिएको सङ्घका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक दीपककुमार कर्माचार्यले जानकारी दिनुभयो ।
यस्तै दुई जनालाई सिलाइ मेसिन, चार जनालाई किराना सामग्री र एक–एकजनालाई बङ्गुर, माछा तथा कुखुरापालनका निम्ति सहयोग गरिएको छ । यसरी सहयोग पाएका १३४ ले विभिन्न आयआर्जनका कार्यक्रम गरी बालबालिकालाई श्रमबाट मुक्त गरेको सङ्घले जानकारी दिएको छ । यस्तै सचेतनाका लागि विद्यालय शिक्षा र टोल शिक्षा कार्यक्रमसमेत चलाइएको कर्माचार्यले बताउनुभयो ।
कानुनमा १४ वर्ष उमेर मुनिका बालबालिकालाई कुनै प्रकारको श्रममा लगाउन पाइँदैन । १४ वदेखि १८ वर्ष मुनिका बालबालिकालाई निकृष्ट प्रकारको श्रममा लगाउन पाइँदैन । सङ्घले उक्त कार्यक्रम सुरु गरेपछि रत्ननगर र आसपास क्षेत्रमा ४०० भन्दा बढी बालबालिकालाई परिवारमा पुनः एकीकरण गरिएको छ । अझै ५०० बालश्रमिक रहेकाले उनीहरुको परिवारमा पुनः एकीकरणका लागि पहल भइरहेको सङ्घका अध्यष ज्ञानबहादुर विसुरालले बताउनुभयो ।
हालै गरेको एक अध्ययनले सो क्षेत्रमा भूकम्पका कारण ४० बालश्रमिक बढेको पाइएको हो । सङ्घका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक दीपककुमार कर्माचार्यले भूकम्पका कारण बालश्रमिक थपिएको भन्दै उनीहरुलाई परिवारमा फर्काउन पहल भइरहेको जानकारी दिनुभयो । गत वैशाख १२ र २९ गते गएको भूूकम्पले प्रभावित जिल्लाबाट र चितवनका भूकम्प प्रभावित पहाडी गाविसबाट बालबालिका श्रम खोज्दै रत्ननगरमा आएको अनुगमनले पुष्टि गरेको छ ।
रत्ननगर झरेका ती बालबालिका धेरैजसो होटल तथा घरमा श्रमिकका रुपमा काम गरिरहेको अनुमगनमा पाइएको छ । चितवनको भरतपुर क्षेत्रमा गोरखा धादिङ क्षेत्रबाट आएका सातजनालाई भने गाउँ फर्काइएको बालबालिकाको क्षेत्रमा काम गर्दै आएका सामाजिक अभियन्ता केदार खनालले बताउनुभयो । चितवनमा तीन हजारभन्दा बढी बालश्रमिक रहेको तथ्याङ्क छ ।
न्यूयोर्क शहरको भूमिगत रेल ४८ वर्षीय व्यक्तिको छातीमा गोली लाग्दा मृत्यु
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
प्रतिक्रिया