बिहीबार, असार १० २०७८
काठमाडौं १२:१७
वासिङटन डिसी 02:32

देशभरी हिन्दूराष्ट्रको लागि आन्दोलन

इनेप्लिज २०७२ साउन २० गते १७:३४ मा प्रकाशित

काठमाडौंमा हिन्दू आन्दोलन साउन २० गतेको झलक 2काठमाडौं । साउन २० । राजधानीलगायत देशका धेरै ठाउ“हरूमा हिन्दूराष्ट्रको पक्षमा नाराजुलुश, जनप्रदर्शन, सभा आदि भइरहेका छन् । काठमाडौंमा बुधबार धार्मिक संघसंस्थाहरूले तीनकुनेदेखि संविधानसभाको गेटसम्म एक धार्मिक र्याली प्रदर्शन गरे । सोक्रममा प्रदर्शनकारीहरूले प्रहरीको पहिलो निषेध रेखा तोडेका थिए । केही बेर प्रहरी र प्रदर्शनकारी बीच दोहोरो झडप पनि भएको थियो । केही प्रदर्शनकारी सामान्य घाइते भएका थिए । र्याली संविधानसभाको गेट नजिक पुग्दा प्रहरीले अगाडि बढ्न नदिएपछि प्रदर्शनकारीहरूले त्यही धर्ना दिएका थिए । धर्नाको सभालाई स्वामी जगन्नाथ कण्डेल आचार्य, प्रा.डा. माधव भट्टराईलगायतका व्यक्तित्त्वले सम्बोधन गर्नुभएको थियो ।

साउन २० गते काठमाडौंमा हिन्दू आन्दोलनको झलक 1काठमाडौंको सो जनप्रदर्शनमा शब्द चिन्तन संरक्षण मण्डलका संरक्षक सदस्य दीपक सुवेदी, सत्मार्ग अभियान नेपालका संगठन महामन्त्री खेमनाथ आचार्य, हिन्दू युवा संयोजन समितिका संयोजक प्रेमनिधि भारद्वाज, गोतीर्थमिसन नेपालका अध्यक्ष योगी सोमराज, विश्व हिन्दू महासंघका राष्ट्रिय अध्यक्ष निलप्रसाद भण्डारी, मानवधर्म सेवासमितिका सागर कट्वाललगायतको नेतृत्त्वदायी भूमिका रहेको देखिन्थ्यो ।

हिन्दू राष्ट्र माग्दै किराँत समुदायदेशमा यतिबेला हिन्दूराष्ट्रलाई संविधानमा कायम गर्नपर्ने चर्चाले महत्त्व पाइरहेको छ । शहरदेखि गाऊ“–गाऊ“सम्म, खेतिपाती–मेलापातदेखि बाटा हिड्ने यात्रीसम्म, घर–घरमा चोकचोकमा विश्वको एकमात्र हिन्दूराष्ट्र हु“दा नेपालले जुन ईज्जत प्रतिष्ठा पाउ“छ धर्मनिरपेक्ष हु“दा सो पाउन नसक्ने कुरामा वार्तालाप भइरहेको देख्न सुन्न पाइन्छ । हिन्दूराष्ट्र हुनपर्ने, संविधानमा नेपाललाई हिन्दूराष्ट्र नै लेख्न पर्ने, लेखाउन दबाब दिनपर्ने कुराले प्राथमिकता पाएको देखिन्छ । यो कुरामा आमजनसमाज एकमत हु“दै गएको महसूस हुनथालेको छ ।

संविधानको मस्यौदामा धर्मनिरपेक्ष प्रस्ताव गरिएपछि सोको विरुद्ध तथा हिन्दूराष्ट्रको पक्षमा दिनानुदिन देशमा धार्मिक संघर्षका कार्यक्रमहरू भइरहेका छन् । संविधानको मस्यौदामा ९८ प्रतिशतभन्दा बढी सुझाव हिन्दूराष्ट्रको पक्षमा आएको सञ्चारमा सार्वजनिक भइसकेको विषय पनि हो । यसै परिपेक्षमा जनसुझावलाई राजनीतिक क्षेत्रले वेवास्ता गर्नसक्ने शंका नागरिकहरूले गरिरहेका छन् । २०६३ सालमा पनि जनआवाजको रूपमा उठ्दै नउठेको धर्मनिरपेक्षता एकाएक अलोकतान्त्रिक तबरबाट संसद्मा वहस नै नगराई सभामुखले मौखिक रूपमा घोषणा गरेका थिए । सो घटनाक्रमलाई देखेका जनताले अहिले लिएको सुझावलाई पनि राजनीतिक क्षेत्रले सही तरिकाबाट सम्बोधन गर्छ भन्नेमा शंका गर्न थालेका छन् । धेरै पटक नेपाली नागरिकलाई राजनीतिक क्षेत्रको धोखा व्यहोर्न परिसकेको हुनाले जनताले शंका गर्नु स्वभाविकै पनि हो ।

काठमाडौंमा हिन्दू आन्दोलन साउन २० गतेको झलक 3यसरी दिनदिनै हिन्दूहरू किन सडकमा आइरहेका छन् किन आन्दोलित भइरहेका छन् भन्ने न्यूज टिमको प्रश्नमा शब्द चिन्तनका संरक्षक दीपक सुवेदीले अगाडि– यो पशुपतिनाथको देश, बुद्धनाथको देश, किरा“तेश्वरको देश, राजा जनकको देश, आदर्श नारी जानकीको देश, सगरमाथाको देश, शान्तिभूमि, योगभूमि, वेदभूमि, धर्मभूमि, सनातनभूमि आदि विशेषताले विभूषित तीर्थमयी नेपाललाई बन्ने संविधानमा धर्मनिरपेक्ष भनेर लेख्ने षड्यन्त्र भइरहेको ले सो षड्यन्त्रलाई परास्त गर्न र सनातन धर्म ॐकार परिवार हिन्दू, बौद्ध, शिख, जैन, किरा“त, प्रकृतिपूजक लगायत सबैको साझा अस्तित्त्व रहने तथा झल्कने गरी नेपाललाई सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र लेखाउनको लागि आन्दोलन भइरहेको हो । यो नै बुद्धिमानी हुने भएकोले सोको लागि दबाबस्वरूप देशभरी विभिन्न तरिकाले आन्दोलन भइरहेको छ । हिन्दूराष्ट्र नै उल्लेख गर्दा विश्वमै एकमात्र हिन्दूराष्ट्र भन्ने जुन चिनारी रहन्छ त्यसले नेपालको शिर ठाडो हुने, विश्वका अगाडि नेपालीले गर्व गर्नसक्ने मार्ग प्रसस्त हुन्छ । अनादिदेखिको यो भूमिको मौलिक पहिचान र परिचय अक्षुण रहन्छ जसले आधुनिक युगमा यो भूमिको भौतिक विकासको लागि धार्मिक पर्यटनको माध्यमबाट अर्थतन्त्रमा ठूलो मद्दत गर्नसक्छ, भन्नु भयो ।

हिन्दूराष्ट्रको विषयलाई लिएर पार्टीहरूमा खैलाबैला
धर्मनिरपेक्षको सट्टामा धार्मिक स्वतन्त्रता लेख्ने भन्ने कुरामा लगभग राजनीतिक दलहरू सहमति नजिक पुगेको अवस्था छ । तर पनि धार्मिक स्वतन्त्रताले मात्र नहुने र हिन्दूराष्ट्र नै उल्लेख गर्नुपर्नेमा धार्मिक क्षेत्रले अडान लि“दै आएको छ । सरकारका गृहलगायतका केही मन्त्रीहरूले समेत यो देशको राष्ट्रिय धर्म हिन्दू नै भएको अभिव्यक्ति दिईपनि सकेका छन् । सरकारका मन्त्रीले राष्ट्रिय धर्म हिन्दू भनिसकेपछि हिन्दूराष्ट्र त स्वतः नै स्वीकार गरेको भन्ने अर्थ राजनीतिक पार्टीहरूमा लागेको छ । यसको साथै जनलहर हिन्दूराष्ट्रको पक्षमा उर्लन थालेपछि क्रमशः सबै पार्टीभित्र हिन्दूराष्ट्रको अन्तर आवाजहरू गुञ्जन थालेको र पार्टीहरूमा धर्मनिरपेक्षवादी नेताहरू अल्पमतमा पर्न थालेको कुराले खैलाबैला पर्न थालेको पनि बुझिएको छ ।
दशवर्षसम्म जनयुद्धको नाममा बन्दुक उठाएका पार्टीहरूका कतिपय विभागीय प्रमुख तथा नेता र कार्यकर्तासमेत अनौपचारिक रूपमा हिन्दूराष्ट्रको अपरिहार्यताको विचारमा आइसकेको पाइएको छ । हिजो पार्टीले विदेशी विस्तारवादको विरुद्धमा बन्दुक उठाएको हो नकि अर्को धर्मलाई प्रसय दिएर यहा“को मौलिक धर्मलाई हटाउन । अहिले पार्टीका केही नेताले हुनसक्छ कुनै प्रलोभनमा धर्मनिरपेक्ष भनेर विदेशी धर्मलाई प्रसय दिन्छन् भने त्यो हामीलाई सह्य हु“दैन, हामी पार्टीभित्रनै विद्रोह गर्छौ अहिलेलाई नाम नबताउने सर्तमा पूर्व लडाकुप“क्तिका नेताले न्यूज टिमलाई भने ।

हिन्दू आन्दोलनले शिखरता चुम्दै
क्रमशः हिन्दू राष्ट्रको लागि उठेको आन्दोलनले शिखर चुम्दै गरेको भान प्रतित भइरहेको छ । बुधवार मात्रै सुर्खेतको विरेन्द्रनगरमा बालसन्त मोहनशरण देवाचार्यको नेतृत्त्वमा विशाल धर्मसभा भएको समाचार प्राप्त भएको छ । सो सभालाई राष्ट्रिय धर्म जागरण अभियानका केन्द्रीय संयोज सन्तनेता शङ्करप्रसाद पाण्डेलगायतका विशिष्ट व्यक्तित्त्वले सम्बोधन गरेका छन् । सो सभालाई सम्बोधन गर्दै सन्तनेता पाण्डेले देशका विभिन्न ठाऊ“मा भएका हिन्दू आन्दोलनहरूलाई राष्ट्रिय धर्म जागरण अभियान आफू छाता बनेर सबैलाई एकतृत गरी अझ सशक्त गराउने तर्फ अगाडि बढिरहेको उद्घोष गर्नु भएको छ ।
यसै गरी देशका विभिन्न ठाऊ“मा सभासम्मेलनहरू सम्पादन भइरहेको बुझिएको छ । पूर्वको ईटहरीमा युवासन्त श्रीनिवासको नेतृत्त्वमा आन्दोलनको कार्यक्रमहरू भइरहेको छ । काठमाडौंमा २२ गते स्वामी कमलनयन आचार्यको नेतृत्त्वमा विराट्धर्म सभा हुने कार्यक्रम तयभएको सम्बद्धस्रोतले बताएको छ । स्वामी ज्ञानानन्द सरस्वती महाराजले चितवनको नारायणगढमा सो क्षेत्रस्तरीय आन्दोलनका कार्यक्रमहरू मर्यादित रूपमा सम्पादन गरिसक्नु भएको बताइएको छ । स्वामी ज्ञानानन्दको नेतृत्त्वमा भएको जनप्रदर्शन, बन्द लगायतका कार्यक्रमले नमुना नै प्रस्तुत गरेको बताइन्छ । भनिन्छ चितवनमा भएको बन्दमा बन्दको कारणले बाटोमा बीचपरेका यात्रुहरूलाई खाना खुवाउने काम आन्दोलन कारीको तर्फबाट नै भएको थियो । जुन बन्दको प्रसंशा यात्रुहरूले नै मुक्तकण्ठले गरेका थिए । विभिन्न राजनीतिक तथानामका माग गरेर गर्दै बन्द गरी सर्वसाधारणहरूलाई दुःख दि“दै आएकाहरूलाई धार्मिक बन्दले गतिलो सवत पनि सिकायको बताइन्छ ।
हिन्दूहरूको बन्द तथा अन्य आन्दोलनको कार्यक्रमबाट प्रशासन पनि अवाक हुने गरेको पाइन्छ । बृद्धबृद्धा, शिक्षक, प्रध्यापक, किसान, विद्यार्थी, मातृशक्ति सबै एकजुट भएर सडकमा आएपछि प्रहरी प्रशासनले पनि बल प्रयोग गर्न सो“च्न पर्ने हु“दो रहिछ । उग्र आन्दोलनको मार्गबाट सत्तामा पुगेका नेताहरूलाई यस्तो प्रकारको हिन्दू आन्दोलनलाई पाखा लगाउन कठिन देखिन्छ । मागको सुनुवाई नभए सबै जनता सडकमै आएर बस्ने, सडकबाट नित्यकार्य चलाउने चेतावनी समेत आन्दोलका नेतृत्त्वतहले दिन थालेका छन् । जसले गर्दा हिन्दूराष्ट्रको मागलाई राजनीतिक क्षेत्रले नसुनि सुखै नमिल्ने अनुमान विश्लेषकहरू बताउ“छन् ।
हिन्दूराष्ट्रको पक्षमा मुस्लिमसहित ॐकार परिवार सबै
दिनप्रतिदिन हिन्दूराष्ट्रका आवाजहरू बुलन्द हुन थालेपछि यसको विषयमा सबैतिर चर्चापरिचर्चा हुन थालेको र वास्तविकता के हो भन्नेतर्फ खोजि हुन थालेको छ । हिजोको दिनमा धर्मनिरपेक्ष ठिकै हो भन्नेहरू पनि अहिले हिन्दू राष्ट्र नै हुनपर्ने बताउन थालेका छन् ।
मुस्लिम समुदाय आफूहरू हिन्दूराष्ट्र हु“दा नै सुरक्षित रहेको बताउ“दै खुलेरै हिन्दू राष्ट्रको पक्षमा देखिएको छ । मुस्लिम समुदायले धर्मनिरपेक्षताको नाममा ईशाईकरण बढ्नु आफूहरूको लागि उपयुक्त नहुने महसूस गरेको छ । विभिन्न मतमा बा“डिएको बौद्ध समुदायमा पनि धर्मोदय सभालगायत केही धर्मनिरपेक्षताको पक्षमा देखिएपनि सबै बौद्धमार्गीहरू हिन्दू र बौद्धमा भेद् देख्दैनन् । भगवान बुद्ध हिन्दू परिवारमै जन्मेका र बौद्धमत भनेको हिन्दूभित्र रहेको एक सनातन मत ठान्दछन् । केही ईशाईहरूको डलरप्रसाद खाएकाहरूबाहेकले यो देशलाई बुद्धभूमि भन्ने शब्दलाई समेत उल्लेख गरी हिन्दूराष्ट्र हुनु मनासिव हुने ठान्दछन् ।
साथै किरा“त सम्प्रदायमा पनि केही हद्सम्म धर्मनिरपेक्षताको वकालत हुने गरेपनि पछिल्लो समयमा आएर हिन्दूराष्ट्रको पक्षमा खुलेर लागेका छन् जुनकुरा पूर्व ईटहरीमा भएको आन्दोलनमा किरा“त समुदायको उपस्थिति र अभिव्यक्तिले पनि पुष्टि गर्दछ । किरा“त धर्मका गुरु चन्द्रकुमार सेर्माले गत २०७१ पुस महिनामा बुट्वलमा भएको सन्तसम्मेलनमा धर्मनिरपेक्षताले सबैभन्दा ठूलो धर्मान्तरणको पीडा किरा“त समुदायलाई परेको र त्यसको निवारणको लागि किरा“त समुदाय हिन्दूराष्ट्रको पक्षमा रहेको बताइसक्नु भएको थियो । शिख र जैन समुदायबाट पहिलादेखिनै हिन्दूराष्ट्रको पक्षमा समर्थन हु“दै आएको सम्बद्ध क्षेत्रका जानकारहरू बताउ“छन् ।

प्रतिक्रिया