मंगलबार, असार ८ २०७८
काठमाडौं ०८:३१
वासिङटन डिसी 22:46

अमेरिकी युद्धक विमान टर्कीमा

इनेप्लिज २०७२ साउन २० गते १६:१२ मा प्रकाशित

uddka-bimanअङ्कारा (टर्की), २० साउन । इस्लामिक स्टेट (आईएस) विरोधी कारबाहीका लागि अमेरिकी युद्धक विमान टर्कीको उत्तर क्षेत्रमा अवस्थित इन्सरलिक हवाई मैदानमा अवतरण भएको विदेशमन्त्री मेअल्ट काबुसोग्लुले बुधबार जनाउनुभएको छ ।

“हामी र अमेरिकी सरकारबीच आईएस आतङ्कवादी समूहका गतिविधिलाई निस्तेज पार्ने अभियानस्वरुप भएको सहमतिअनुसार अमेरिकी युद्धक विमान इन्सरलिक विमानस्थलमा अवतरण भएका हुन्” टर्कीका विदेशमन्त्री राज्यद्वारा सञ्चालित टेलिभिजनसँगको कुराकानीमा काबुसोग्लुले भन्नुभयो ।

टर्कीको सरकारले आईएसविरोधी गतिविधि सञ्चालनका लागि इन्सरलिक विमान स्थल ‘अमेरिकालाई कुनै पनि समयमा उपलब्ध गराउन’ सहमति केही दिन अघिमात्रै भएको थियो ।

आईएसविरोधी सैनिक कारबाहीमा टर्कीले आवश्यकताअनुसार अमेरिकालाइ सहयोग गर्नेसमेत काबुसोग्लुले जनाउनुभयो ।

प्रतिक्रिया