भारतबाट फर्केका एक नेपाली वनबासा पुलमा मृत भेटिए

इनेप्लिज २०७२ साउन २० गते १४:१० मा प्रकाशित

भीमदत्तनगर, २० साउन । भारतबाट मजदुरी गरेर फर्किदै गरेका कञ्चनपुरको पुनर्वास नगरपालिकाका एक स्थानीय नागरिक आज बिहान पश्चिमी नाका गड्डाचौकीस्थित वनबासा पुलमा मृत अवस्थामा भेटिएका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीले दिएको जानकारीअनुसार भारतबाट पैदल नेपाल आउँदै गरेका पुनर्वास नगरपालिका–१ परासनका ४८ वर्षीय धनबहादुर विक मृत अवस्थामा भेटिएका हुन् । पुलमा लडेर टाउकोमा विकको सामान्य चोटसमेत लागेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।

“मृगीका बिरामी उनी, त्यहीमाथि पुलमा रिंगटा लागेर ढलेको जस्तो देखिन्छ”, प्रहरी नायब निरीक्षक चन्दले भन्नुभयो, “मृतक मृगीको बिरामी रहेको पनि प्रारम्भिक अनुसन्धानमा बुझिएको छ । मृतकका आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छन् भने शव परीक्षणका लागि भारतीय प्रहरीले वनबासा लगेको छ ।”

प्रतिक्रिया