शुक्रबार, असार ४ २०७८
काठमाडौं ०५:२५
वासिङटन डिसी 19:40

प्रहरीले सभासद्को हातखुट्टा भाँचेपछि गृहमन्त्रीलाई सभामुख नेम्वाङको कडा निर्देशन

इनेप्लिज २०७२ साउन २० गते १३:२४ मा प्रकाशित

a1

काठमाडौँ, १९ साउन । सभामुख सुवास नेम्वाङले दलित अधिकारकर्मी र सांसदहरुमाथि गरिएको प्रहरी धरपकडबारे बुधबारको बैठकमा जवाफ दिन उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमलाई निर्देशन दिनुभएको छ ।
व्यवस्थापिका-संसद्को आजको बैठकमा सांसद्हरुले शान्तिपूर्ण प्रदर्शनका क्रममा बिजुलीबजारमा दलित अधिकारकर्मी र सांसदहरुमाथि दमन भएको भन्दै सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले सो निर्देशन दिनुभएको हो ।
सांसद्हरुले सदनमा गृहमन्त्रीले माफी माग्नुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गर्नुपर्ने, धरपकडमा संलग्न प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने माग राख्नुभएको थियो ।
सांसद्हरुको मागअनुसार नै सभामुखले भोलिको बैठकमा सरकारको धारणा राख्न निर्देशन दिनुभएको हो । ‘‘सांसद्हरुले सरकारबाट जानकारी माग गर्नुभएको र गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभएकाले भोलिको बैठकमा दलित अगुवामाथिको धरपकडबारे जानकारी गराउन निर्देशन गर्दछु,’’ सभामुख नेम्वाङले भन्नुभयो ।
दलितमैत्री संविधान जारी गर्न माग राख्दै काठमाडौंमा प्रदर्शन गर्दा प्रहरीसँग भएको झडपमा एक दर्जन सभासद्को हातखुट्टा भाँचिएको थियो । जहाँ प्रहरीलाई गृहमन्त्रीले कसैलाई पनि नछाड्न निर्देशन दिएका थिए । रासस

प्रतिक्रिया