खोलेसिमलमा अनुदानको मल वितरण
इनेप्लिज
२०७२ साउन २० गते १३:१४ मा प्रकाशित
रत्ननगर २० साउन
जुटपानी–६ खोलेसिमलमा रहेको जनएकता उपभोक्ता सहकारी संस्था लि.ले अनुदानको मल विक्री वितरण गरेको छ । स्थानीय जुटपानी,पदमपुर,पिठुवा,सिद्धि,काउले,शक्तिखोर र रत्ननगरका किसानहरुलाई लक्षित गरी अनुदानको मल विक्री वितरण गरिएको संस्थाका अध्यक्ष ओमप्रसाद लामिछानेले बताए । संस्थाले युरिया,डिएपी र पोटास विक्री गर्दै आएको छ । निजी क्षेत्रमा अनुदानको मल विक्री गर्न नपाईने भएपछि सहकारीमा मल खरिद गर्ने किसानहरु टाढा टाढा बाट आएका छन । संस्थाले एक बर्षमा एक हजार क्वीन्टल भन्दा धेरै मल विक्री वितरण गरेको र यस बर्ष मल विक्री अझै बढने संस्थाका व्यवस्थापक होमप्रसाद भट्टले जानकारी दिए । साथै संस्थाले सस्तो र सुलभ किराना पसल पनि विगत सात बर्ष देखि सञ्चालन गर्दै आएको छ ।
न्यूयोर्कको ब्रुकलिन अर्ध म्याराथनमा लडेर धावकको मृत्यु
भारतले रुसलाई एक्लो पार्ने दबाबको प्रतिरोध गरेपछि बाइडेनले मोदीसँग व्यक्तिगत रूपमा भेट गर्ने
क्यालिफोर्नियामा एक भोजमा गोली चल्दा १ जनाको मृत्यु, ८ घाइते
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकाको इन्डियानामा ‘लक्षित’ गोलाबारीमा २ जनाको मृत्यु, ३ जना घाइते
प्रतिक्रिया