काठमाडौँ, १९ साउन । नेपाली महिला तथा युवतीलाई नयाँदिल्ली हुँदै पर्यटक र कलाकारको भिसा मिलाई तेस्रो मुलुक पुर्याउन लागिएको अवस्थामा आज काठमाडौँ ल्याइएका २७ जना महिलाका अवस्थाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान सुरु गरेको छ ।
नेपाली महिलालाई कुर्दिस्तान, केन्या, तान्जिनिया भन्दै संयुक्त अरब इमिरेट्सलगायत देशमा कामका लागि लैजान भारत लगेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी आज नेपाल पठाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया