विश्व ११ सँग खेल्ने नेपाली टोलीको घोषणा, को-को परे टिममा ?
टिममा राजु रिजाल, सिद्धान्त लोहनी, भुवन कार्की र मेहबुब आलम अटाए
काठमाडौं, १९ साउन । ‘ब्याट फर नेपाल’ अभियान अन्तर्गत विश्व ११ सँग खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार पारस खड्काको कप्तानीमा विश्व ११ सँग खेल्ने १३ सदस्यीय क्यान ११ नामको नेपाली टोली घोषणा गरेको हो । खेल आगामी आइतबारदेखि मलेसियाको किनरारा ओभल मैदानमा हुँदैछ । विश्व ११ को कप्तानी श्रीलंकाका क्रिकेटर लेजेन्ड सनथ जयसूर्याले गर्दैछन् ।
क्यान घोषणा गरेको नेपाली टोलीमा यू–१९ का कप्तान राजु रिजाल छनोट भएका छन् । त्यस्तै, भुवन कार्की र मेहबुब आलमले पुनरागमन गरेका छन् । टी–२० विश्वकप छनोटमा जर्सीविरुद्धको खेलमा उत्कृष्ठ डेब्यू गरेका सिद्धान्त लोहनी पनि छानिएका छन् ।
यस्तै, नेपाली टिममा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सरद भेष्वाकर, राजेश पुलामी मगर, सोमपाल कामी, अनिल मण्डल, शक्ति गौचन र करन केसी छन् ।
क्रिकेटर सुवास खकुरेल र विनोद भण्डारी भने नेपाली टोलीमा अटाउन सकेनन् । टी-२० विश्वकप छनोट क्रिकेटमा खराब प्रदर्शन गरेका कारण उनीहरुलाई टिमबाट हटाइएको हो । प्रदिप ऐरी पनि टीममा परेनन् । अलराउण्डर सागर पुन र बलर बसन्त रेग्मी पनि टीममा परेनन् । चोटका कारण उनीहरु टोलीमा नपरेका हुन् ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया