कालको नाममा नेपाली र हिन्दीमा उत्तेजक सिनेमा

इनेप्लिज २०७२ साउन १९ गते १२:३६ मा प्रकाशित

nepaliकाठमाडौ । बलामी फिल्म इन्टरटेन्मेन्टको ब्यानरमा निर्माता निर्देशक बीएस बलामीले नेपाली र हिन्दी भाषामा निर्माण भएको चलचित्र काल उत्तेजक दृष्यले दर्शक तान्ने योजनासहित प्रर्दशनको तयारीमा छ ।

नेपाल मात्र नभई भारतसमेत बजार हुने लक्ष्य राखिएको फिल्ममा उत्तेजक दृश्यहरू राखिएको हो । तैपनि निर्माता निर्देशक बलामीले यसलाई बिग प्रोजेक्ट भनेका छन्। कालले राम्रो व्यापार गर्ने दाबी पनि उनले गरेका छन्। भारतको लागि फिल्म ३० लाखमा बेचिसकेको समेत उनले बताए । फिल्ममा राजेश कुमारको गीतसंगीत, निशा शाहको नृत्य, देव महर्जनको द्वन्द्व र सौखिन तिमल्सिनाको सम्पादन रहेको छ । फिल्ममा आदित्य श्रेष्ठ, ध्रुव कोइराला, सपना केसी, पुरन थापा र राजेन्द्र गौतमलगायतका कलाकारले प्रमुख भूमिकामा अभिनय गरेका छन्। फिल्म राजेन्द्र गौतमको निर्माण र मीना खड्काको कार्यकारी निर्माणमा बनेको हो। फिल्म एक्सन, थ्रिलर, हरर, ग्ल्यामर र प्रेमकथाको संमिश्रण भएको बलामीले बताए।
फिल्म असोजसम्म रिलिजमा आउने यसको निर्माण संस्थाले जानकारी गराएको छ।

प्रतिक्रिया