गाई चराउन गएका बालकको खोलामा डुबेर मृत्यु

इनेप्लिज २०७२ साउन १९ गते ४:३३ मा प्रकाशित

गौशाला, १९ साउन । महोत्तरीको बगडा गाविसमा गाई चराउन गएका एक बालकको सोमबार साँझ खोलामा डुबेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा बगडा गाविस–९ सुखनियाटोल बस्ने खेहरू महराका १० वर्षीय छोरा राजे महरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरबाट ५०० मिटर टाढा रहेको विग्ही नदी पारीबाट सोमबार साँझ गाई चराएर फर्किदै गरेका बालक महराको गाई वस्तु खोला तार्ने क्रममा खोलाले बगाउँदा डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक शौरभ राणाले बताउनुभयो ।

बालकको शव परीक्षणका लागि अञ्चल अस्पताल जनकपुरमा पठाइएको छ ।

प्रतिक्रिया