सिरियाली सैनिकको विमान दुर्घटनाग्रस्तमा मृत्यु हुनेको संख्या ३१ पुग्यो
बेरुत, १९ साउन । सिरियाली सेनाको सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त एक विमानमा सवार यात्रुको मृत्यु संख्या ३१ पुगेको पुगेको सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले जानकारी दिएको छ ।
उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको हो ।
दुई वच्चासहित कम्तिमा ३१ व्यक्ति जहाज दुर्घटनामा परी घाइते भएका छन् । मृतकमध्ये पाँच जनाको अझै सनाखत हुन सकेको छैन ।
सोमबार भएको जहाज दुर्घटना तरकारी बजार नजिकै भएको र दुर्घटनापछि खसेको विमानले जमिनमा रहेका मानिसहरुलाई समेत क्षति पुगेको जनाइएको छ ।
कम्तिमा पनि ६० जना मानिस उक्त दुर्घटनामा घाइते भएका छन् ।
आरिह विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान होचो भएर उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ ।
सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ । तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन् ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया