सोमबार, असार ७ २०७८
काठमाडौं ०४:३३
वासिङटन डिसी 18:48

डिसीमा पुरुषमाथि पुरुषले गरे सामुहिक यौन आक्रमण

इनेप्लिज २०७२ साउन १८ गते २२:२७ मा प्रकाशित

वाशिंगटन डिसीमा हिडी रहेका एक पुरुषलाई बन्दुक देखाई ७ जना पुरुषले यौन आक्रमण गरेका छन् l वाशिंगटन डिसी को कोलम्बिया हाइटमा शुक्रबार साँझ सन्ध्याकालिन समयमा टहल गर्न निस्केका एक पुरुष माथि यौन आक्रमण भएको छ l पुरुष नजिक एक अपरिचित व्यक्ति आई बन्दुक देखाई उनलाई जबर्जस्ति सेतो गाडीमा बस्न बाध्य बनाई यौन आक्रमण गरेको डिसी प्रहरीले जनाएको छ l

७ जना को समुहले उक्त यौन आक्रमण गरेको डिसी प्रहरीले जनाएको आइतबार जनाएको छ भने उक्त घटना गत शुक्रबार भएको हो l प्रहरीले दिएको जानकारी अनुसार करिब ६ फुट १ इन्च जति अग्लो हिस्पानिक करिब २२ देखि २७ बर्षको लिई व्यापक खोजि गरेको जानकारी गराएको छ भने सुरिलो शरीर ,सानो ,घुम्रेको कालो कपाल भएको हुलिया बताएको छ l

व्यक्तिले सुन्तला रंगको कमिज तथा खैरो प्यान्ट लगाएको र बन्दुत सहित भएको एनबिसी ४ ले समाचार लेखेको छ l यसै गरि उक्त संदिग्ध व्यक्ति संग अलिक ठुलो ज्यान भएको करिब १७ देखि १९ बर्षको हल्का रंगको पनि रहेकोले खोजि गरि रहेको छ l

प्रहरीका अनुसार कम्तिमा अन्य ५ जना संदिग्ध अपरिचित व्यक्तिहरु पनि संलग्न रहेको जनाएको छ l यी संदिग्ध अज्ञात व्यक्तिहरुको सूचनादिने लाई १ हजार डलर पुरस्कार दिने डिसी अपराध नियन्त्रण प्रहरीले उल्लेख गरेको छ l

प्रतिक्रिया