एनआरएन बेलायतको उपाध्यक्ष पदमा प्रत्याशी माष्टर राष्ट्र राईको घोषणा ।

इनेप्लिज २०७२ साउन १८ गते १८:५२ मा प्रकाशित

rast1_nलण्डन १८ साउन । सगरमाथा ताइकन्दो स्कुलका खेलकुद प्रबन्धक, संस्थापक तथा गैर आवासीय नेपाली संघ (एनआरएन )बेलायतका बरिष्ठ सल्लाहकार माष्टर राष्ट्र राईले एनआरएन बेलायतकोे आगामी १३ सेप्टेम्बरमा हुने छैटौ अधिवेसनमा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा आईतबार साँझ अल्डरसटस्थित भेटघाट रेष्टुरेन्टमा युवा समुह युकेद्घारा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरेका हुन् ।

एनआरएन बेलायतमा केहि महत्वकांक्षी पदाधिकारीहरुको कारण बर्बादीको संघारतिर लम्किरहेको , विगतदेखि हुँदै आएको आर्थिक अनियमितताको छानविन गरिनुपर्ने माग गर्दै संस्थालाई पारदर्शी ढंगले सञ्चालन गर्न सम्पूर्ण इच्छुक साधारण सदस्यहरूले हेर्न मिल्ने गरी सम्बन्धित वेव साइटमा आर्थिक हिसाब सार्वजनिक गरिनुपर्ने माग उठाउदै आईरहेको राईले बताए ।
एनआरएन बेलायतमा बिधि र विधानको कुनै हेक्का नभएको दावी गदै भने, सिमित व्यक्तिहरुको मनोपोलि र आफ्नै खल्तिको पोल्टामा यो संस्था चलिराखेको अबस्था छ । त्यस्ता ब्यक्तिहरुले गर्दा संसारको अगाडी एनआरएन बेलायतले बैज्यती सहन परेको भन्दै त्यस्ता अनैतिक व्यवहार गर्ने पदाधिकारीहरु र अवसरवादीहरुलाई लण्डनको थेम्स् नदिमा बगाएर , बिधान सम्मत र विवादरहित चल्ने बनाउनका निमित यो गरिमामय पदमा उम्मेदवारी दिन बाध्य भएको राईले बताए ।
विधानलाई कुल्चिएर गरिएको कुनै पनि निर्णय बेलायतबासीहरुलाई स्वीकार्य नहुने भन्दै एनआरएन बेलायतको विषेश साधारण सभा बाटै राईले उठाउदै आएको आवाज स्पष्ट छ । एनआरएन बेलायतमा आर्थिक पारादर्शीता हुन नसके पछि यो संस्था विवादको भुङरो डुबेको थियो । आर्थिक अनुसन्धानका उपसंयोजक सम्म रहेका राई भन्छन, गैर आवसिय नेपालीहरुको यो संस्थामा अन्य कारणहरुको अतिरिक्त आर्थिक अनियमिताको कारण एनआरएन बेलायत विवादको दलदलेमा फसेको बताउँछन । उनले संस्थामा आर्थिक हिनामिना बारे निष्पक्ष छानविन समिति गठन गरि एनआरएन बेलायतको विबादलाई टुङगो लगाउने प्रतिबद्घता जाहेर गरेका थिए ।
एनआरएन बेलायत भित्र आर्थिक पारादर्शिता अहिले सम्म हुन नसक्दा एकाउण्ट फ्रिज गर्न बाध्य भएको उपसंयोजक राई बताउछन् । एनआरएन बेलायतमा हुने कोठे बैठक,गुट तथा उपगुटबन्दीहरु र आर्थिकमा आँखा लाउनेहरुको अन्त्य गरी नेपाली समुदायलाई फुट्नमा हैन जुट्नमा एक हुनु पर्छ भन्ने नेपाली मन र नेपाली सोच राखेर मैले उम्मेदवार हुने निर्णय गरेको हुँ । एनआरएन बेलायतको बादविवादलाई अन्त्य गर्न र आफूलाई पनि विभाजित समाजलाई एकतावद्ध बनाउनुपर्छ भन्ने लागेकाले उम्मेदवारी घोषणा गरेको बताए ।
सगरमाथा ताइकन्दो स्कुलका अध्यक्षमा आवद्ध रहि संस्थालाई विवादरहित तरिकाले चलाएको अनुभवका आधारमा एनआरएन बेलायतका लागि आफू उपयुक्त उम्मेदवार भएको उनले दाबी गदै एनआरएन बेलायतलाई विधि र विधान बुझेको नेतृत्व जरुरी परेको राईले बताए ।
आफ्नो प्रमुख एजेन्डा बेलायतमा रहेका युवाहरुको ज्ञान र शिपलाई नेपालमा पु¥याई नेपालका युवाहरुलाई शो ज्ञान र शिपमा समृद्घ बनाई देशलाई ठुलो सहयोग पु¥याउने राईले प्रतिवद्घता दिलाए । यो गरिमामय उपाध्यक्षको पदमा रहेर संगठनलाई सहि मार्गदिशामा हाक्ने ईच्छाशक्ति भएकोले उक्त पदमा दाखिला गरेको जानकारी अवगत गराउदै र अमुल्य मतको अपेक्षा राख्दै , हरेक विषयमा पारदर्शिता र सकारात्मक सोचको प्रत्याभूती दिलाउन “राष्ट्र राईको उम्मेदवारीता एनआरएन बेलायतको अहिलेको आवाश्यकता” र “एक पल्टको नेपाली सधैको नेपाली” हुन सक्नु पर्छ भन्ने उनले दाबी गरे ।

प्रतिक्रिया