बेलायतमा मनाए किराँतीहरुले यलम्बरहाँङ स्मृति दिवस ।

इनेप्लिज २०७२ साउन १८ गते १५:०७ मा प्रकाशित

DSC_8655लण्डन १८ साउन । बेलायतको वकिङ शहर नजिकै किराँत राईहरुको आफ्नै भूमी ग्याम्बलस् लेन, रिप्ले अवस्थित माङखिम (पुजा घर )तथा साकेला स्थलमा किराँतहरुको प्रथम राजा यलम्बरहाँङको सम्झनामा स्मृति दिवस सम्पन्न भएको छ । । यस वर्ष उनीहरुले यलेदोङ (५०७५) यलम्बरहाँङ स्मृति दिवस मनाएका हुन् । किराँतीहरुले सुम्निमा–पारुहाङ्गको तस्विर, र सेउलीको थानमा पुजा गर्ने चलन रहेको कार्यक्रमको संयोजक डम्बर राईले बताए ।

DSC_8667किराँत राई यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईकोे सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि महामहिम जर्मनीका निमित्त पुर्व नेपाली राजदुत तथा त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डाÞ नवोल किसोर राई ,विशेष अतिथिहरु किराँत राई यायोक्खा नेपालको सल्लाहकार तथा पूर्व अध्यक्ष प्राध्यापक श्रीमती सुमाया राई, ईलाम समाज सोसाईटीका अध्यक्ष श्री राजेन्द्र राई, अतितिहरु सुनुवार सेवा समाज युकेका बरिष्ठ सल्लाकार तथा पुर्व अध्यक्ष जंग सुनुवार,पासा पुछा गुटी युकेको तर्फबाट नेपाल प्रहरीका पुर्व डियसपी सिवजी श्रेष्ठ, एनआरएन बेलायतका उपाध्यक्ष हिराधन राई, नयाँ सन्देश साप्ताहिक प्रत्रिकाको प्रधान सम्पादक तथा कानुन विद चण्डीराज राई, नेपाली समाचार डटकमका प्रधान सम्पादक विश्वासदिप तिगेला, तमुधी युकेका अध्यक्ष श्री सुर्य गुरुङ यायोक्खा कलाकार संघ अध्यक्ष निर पुमा,लण्डनबाट प्रसारण हुने नेपाली टेलिभिजनका प्रस्तोता विमला सेने र राजेन्द्र भट्ठु, गीतकार ईश्वर चाम्लिङ्ग, गीतकार मुकेश राई, गीतकार हेमकुमार राई लगायत ४ दर्जन भन्दा धेरै बिभिन्न संघसंस्थाका प्रतिनिधीहरु तथा साहित्यिक स्रष्टाहरू बाक्लो उपस्थिती रहेको थियो ।

Higher Education_nप्रमुख अतिथि लगायत अतिथिहरू र यायोक्खा बेलायतका अध्यक्ष पदम बहादुर राईद्घारा सयुक्त रुपमा पानशमा दिप प्रज्जलन गरी नेपाली राष्ट्रिय गानबाट थालनी भएको कार्यक्रमलाई औपचारिक रुपमा यायोक्खा बेलायतका सचिब चन्द्रवती राईले संन्चालन गर्नु भएको थियो । कार्यक्रमको पहिलो सत्रमा यायोक्खा बेलायतका महासचित्र चक्र राईले स्वागत मन्तव्य व्यतm गदै किराँत राई यायोक्खा बेलायतद्घारा निर्मित यायोक्खा सांस्कृतिक कलाकार संघ बेलायतको पहिलो प्रस्तुती किराँती मिथकमा आधारित गीति एल्वम आम्लाबुङ (सुनखरी फुल) विमोचन गरिएको थियो । एल्वम सुनखरीमा जम्म १० वटा गीतमा किराँतीहरुको एतिहासिक मिथक हराउन लागेको शव्दहरुको संकलन रहेको र अन्य नेपाली बाजाहरुको समिक्षण समेत रहेको यायोक्खा कलाकार संघका महासचिब किसन राईले दाबी गरे ।
संघको पहिलो एल्बम “सुनखरी” मा समेटिएका गीतहरूले स्रोताहरूको मनजीत्न सफल हुने विश्वास ब्यक्त गर्दै यायोक्खा बेलायतका अध्यक्ष पदम राईले प्रवासमा रहेता पनि गीति लेखन कार्यलाई निरन्तरता दिन अनुरोध गदै सफलताको शुभकामना ब्यक्त गरेका थिए । “एउटा बन्दुकको गोली सिपाईहरुको निमित जति महत्वपुर्ण हुन्छन, त्यति नै एउटा मानव जिवनमा गीत संगित महत्वपुर्ण हुन्छन जस्ता भावना पोख्दा उपस्थित माहोल नै भाबुक देखिएका थिए । गीति एल्बम सुनखरी भित्र संगीत, बालन्द राई, पारस मुकारुङ,विसी राई, गंगाराज राई र नरेश नाती रहेका छन भने चर्चीत गायिका मेलिना राई, रेवत राई, आभा मुकारुङ,पार्वती राई,सुमी राई,प्रकाश प्राण,किसन राई,मिना राई,कृष्णा राई,दिपक चाम्लिङ, सुष्मा राई र आनन्द रानोहोछाको आवाज सुन्न सकिन्छ ।

Higher Education_nकार्यक्रमको मध्यतिर यायोक्खा सांस्कृतिक कलाकार संघको प्रस्तुती स्थानिय कलाकारद्घारा गायन,नित्य,कविता वाचन,प्रहसन प्रस्तुत लगतै कार्यक्रमका प्रमुख अतिथि पुर्व राजदुत तथा प्राध्यापक डाÞ नवोल किसोर राईले बेलायतमा रहेका किराँतीहरुको प्रगती प्रतिको खुशीयाली प्रकट गदै विभिन्न विषयमा उच्च शिक्षा हाशिल गर्ने नव युवा युवतीहरुलाई प्रगतीको शुभकामना सहित सम्मान पत्र दिदै माङंखिम तथा साकेला स्थल निमार्ण प्रारम्भिक कार्य समितीहरुलाई विशिष्ठ सदस्यताको प्रमाणपत्र, महाभुकम्पको कारण स्वदेशको भयावह स्थितीलाई मध्यनजर गर्दै सहयोग गर्ने यायोक्खा बेलायतको स्वयंसेवकहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा यलम्बरहाङको सम्झनास्वरुप धनुकाँड प्रतियोगिता गरिएको थियो । धनुकाँडको मट्याङ्ग्रा धरान विजयपुरको जंगलमा खोज्न जाँदा किराती राजाको भताभुङ्गे दरबार भेटिएको तर किरात समुदायले चासो नदिएको गुनासो उपस्थित अगुवाहरुले गरेका थिए ।

प्रतिक्रिया