१२ अगष्ट २०१५ का दिन न्युयोर्क शहरको गणेश मन्दिरमा वार्षिक साधारण सभा गर्ने तयारीमा जुटेको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिका यतिबेला नेपाली अमेरिकनको हितमा काम गर्न उत्साहित रहेको देखिन्छन् ।
निर्वाचन परिणाम आए लगत्तै प्रलयकारी भूकम्पले तहस नहस भएको मातृभूमि नेपालको विकट पहाडी जिल्ला रसुवा पुगेर पिडित जनको सेवा गरि फर्किएको गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको नेतृत्व चुनावी प्रतिबद्धता अनुरुप नेपाली अमेरिकनको हितमा गरिने कामको फेहरिस्त बोकेर संगठन निर्माण र आन्तरिक बिबादका बिषयहरु निरुपण गर्ने अभियानमा जुटेको हो ।
यसै क्रममा न्युओर्कमा हुन् लागिरहेको साधारण सभामा गैर आवासिय नेपाली संघका अध्यक्ष शेष घलेको समेत उपस्थिति हुने भएकाले एनआरएन अमेरिका अझ उत्साहित भएको छ । एनआरएन अमेरिकाले अगष्ट १२ तारिखका दिन न्युयोर्क शहरको गणेश मन्दिरमा बार्षिक साधारणसभा गर्ने तयारी गरेको छ I संस्थाले साधारण सभा गर्ने समय अगावै कुनै आवस्यक निर्णय गर्नु परेमा यस प्रकारको साधारण सभा आयोजना गर्ने संस्थाको विधानमा उल्लेख छ I साधारण सभामा आगामी बर्ष नेपालमा हुन् गईरहेको एनआरएन सम्मेलनको लागि आईसिसि डेलिगेट्स चयन गर्ने र बिधान संसोधन गर्ने बिषयमा छलफल हुनेछ I
अक्टोबरमा हुने विश्व शिखर सम्मेलनमा नेपाली अमेरिकनको नेतृत्वदायी भूमिका स्थापित गर्न समेत संघको अमेरिकी नेतृत्वले विवाद रहित प्रतिनिधित्वको लागि पहल सुरु गरि सकेको छ । एनआरएनको न्युयोर्क साधारणसभा नेपाली अमेरिकनको एकता र सहकार्यका लागि सदैव तत्पर रहनेछ । न्युयोर्क शहरको
१२ अगष्ट २०१५ तारिखका वुधवारका दिन फ्लसिंगको गणेश मन्दिरमा हुने कार्यक्रममा सम्पूर्ण सदस्यहरु, संघ-संस्था, पत्रकार, बर्तमान कार्यसमिती, सल्लाहकार, सम्पूर्ण कमिटिका सदस्यहरु, पूर्वकार्यसमितिका पदाधिकारीहरु तेसैगरी आइसिसीका सदस्य, क्षेत्रिय उपसंयोजक, क्षेत्रिय संयोजक, प्याट्रन, सल्लाहकार लगायत सम्बद्धसबैलाई उपस्थित हुनका लागि एनआरएन अमेरिकाले अनुरोध गरेको छ ।
प्रतिक्रिया