तेत्तीसौं बि.पी स्मृती दिवस भब्यताका साथ सम्पन्न
अगष्ट २, २०१५
कोलोराडो
महामानव बि.पी कोइरालाको ३३ सौं स्मृती दिवस कोलोराडोको बोल्डरमा भब्यताको साथ सम्पन्न गरिएको छ ।
नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरको आयोजनामा सम्पन्न बिपी स्मृती कार्यक्रम बिपीको फोटोमा माल्यार्पण गरि, ज्ञात अज्ञात सहिदहरुप्रति एक मिनेट मौन धारण पछि सुरु भएको थियो । कोलोराडोमा रहेका संघ संस्था प्रतिनीधी तथा गन्यमान्यको बाक्लो उपस्थिती रहेको कार्यक्रममा अधिकांस वक्ताहरुले बिपीको राजनैतीक तथा साहित्यीक जिवनीको खुलेर प्रशंसा गरेका थिए ।
कार्यक्रममा विशेष अतिथीको आसनबाट बोल्दै पुर्व सांसद बिरबहादुर सिंहले बिपीको योदानको कदर गर्दै २०१६ साल सम्म चाईनाले आनो भन्दै आएको सगरमाथा बि.पीले हाम्रो भनेपछि चाईनाले दावी गर्न छोडेको बताए । बि.पी जस्ता हक्कीनेताको नेपालमा सधै अभाव खट्कीएको भन्दै उनको देनलाई राष्ट्रले कहिल्यै भुल्न नसक्ने बताए ।
आफुले अंगालेको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद निती लागु गरि जनतालाई न्यूनतम गांस, बास, कपासको आवश्यकता परिपुिर्तको लागी तत्कालीन शासकहरु संघ जुधेर मात्र नसकिने अवस्था आएपछि राष्ट्रिय मेल मिलापको निती लिई स्वदेश फर्केका थिए । आºनो ज्यानको बाजी थाप्दै जेल बस्दा होस् वा जेल बाहिर राज नैतीक यात्रा र साहित्यीक यात्रा संगै लगेका बिपीका जेल जनरल, मोदी आईन, दोषी चस्मा, घुम्ने मेच माथी अन्धो मान्छे जस्ता अनेकौं कृतीहरु लेखेर तत्कालिन शासकहरु प्रति तिखो ब्याङग्य प्रहार गरेको कार्यक्रमका वक्ताहरुले औंल्याएका थिए ।
राष्ट्रिय निती तथा योजना निर्माण गर्दा हलो जोत्ने किसानलाई हेरेर बनाउनु पर्दछ भन्ने महामानव बिपीको देन बारे प्रकास पार्नेहरुमा नेपाली जन सम्पर्क समिती अमेरीकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, नेपाली कांग्रेस गोरखाका पुर्व जिल्ला सभापति बुद्धी लामीछाने, नेपाली जन सम्पर्क समिती केन्द्रिय सदस्य जगन्नाथ गौतम, अन्तराष्ट्रिय साहित्य समाजका केन्द्रिय अध्यक्ष पदम बिक, नेपाली घरका अध्यक्ष योगराज गौतम, तमुधी कोलोराडोका अध्यक्ष चन्द्र गुरुङ, एनआरएन कोलोराडोका अध्यक्ष बासुदेव खनाल, अन्तराष्ट्रिय साहित्य समाजका कोलोराडोका अध्यक्ष भुपेन्द्र महत, नेपाली घरका पुर्व अध्यक्ष नारायण श्रेष्ठ लगायतका वक्ता रहेका थिए ।
कार्यक्रम नेपाली जन सम्पर्क समिती कोलोराडो च्याप्टरका अध्यक्ष गणेशराज भण्डारीको सभापतित्वमा सम्पन्न भएको थियो । सोही कार्यक्रममा नेपाली कांग्रेस गोरखाका पुर्व जिल्ला सभापती बुद्धी लामीछानेले हालै नेपालमा गएको भुकम्पमा क्ष्ँतीग्रस्त गोरखा जिल्ला स्थित भगवती हिमाली उमावि र गणेश प्राविको भवन निर्माणार्थ एक, एक लाख सहयोग गर्नू हुने धर्मराज श्रेष्ठ र चन्द्र कुमारी श्रेष्ठ र भगवती लामीछानेलाई विद्यालयले पठाएको धन्यवादको प्रमाण पत्र प्रदान गरेका थिए ।
नेपाली जन सम्पर्क समिती कोलोराडोको अपाध्यक्ष निरा गौतमले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गरेकी थिईन् भने अध्यक्ष गणेशराज भण्डारीले सवैलाई धन्यवाद ज्ञापन गरेका थिए । संस्थाले कार्यक्रममा उपस्थित सवैलाई निशुल्क खानाको व्यवस्था गरेको थियो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया