कोलोराडोको इरी क्षेत्रमा बस्ने नेपालीहरुले गत शनिबार बनभोजको आयोजना रमाइलो साथ सम्पन्न गरेका छन् l करिब ८० जना जतिको उपस्थिति रहेको उक्त बनभोज कार्यक्रम स्थनीय पार्कमा आयोजना गरिएको थियो l
मिलिजुलि खानाको ब्यबस्था गरिएको उक्त बनभोजमा बिभिन्न प्रकारका नेपाली खानेकुराहरुको परिकार राखिएका थिए | बर्सेनि आयोजना गरिने उक्त बनभोज कार्यलाई आउँदा बर्षहरुमा निरन्तरता दिने कुरामा सबैले जोड दिएका थिए l
बालबालिकाहरुले बिभिन्न खेलहरु खेलेर रमाइलो गरी बिताएला थिए भने बुबाआमाहरुले पनि एक अर्कामा परिचयत्मक कार्यक्रम गर्नुका साथै सामुहिक छायाचित्र खिचाएका थिए l बिहान ९ बजेबाट सुरु
भएको उक्त बनभोज कार्यक्रम ५ बजे बेलुका सम्म चलेको जानकारी समाज सेवी टिका पौडेलले बताए l
प्रतिक्रिया