संविधानको प्रस्तावनामा नेपाल बुद्ध जन्मभूमि लेख्न माग गर्दै सभापति भट्टराईलाई पत्र
काठमाडौँ, १७ साउन । नेपाल बौद्ध महासङ्घ र अखिल नेपाल भिक्षु महासङ्घले नयाँ संविधानको प्रस्तावनामा नेपाल बुद्ध जन्मभूमि लेख्न माग गर्दै आज पूर्व प्रधानमन्त्री एवम् संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
बौद्ध महासङ्घका अध्यक्ष फुबु छेण्डे शेर्पाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले सिंहदरवारस्थित कार्यालयमा संवैधानिक बौद्ध आयोग स्थापना गर्न समेत माग गरेको हो ।
परम्परागत धार्मिक शैक्षिक प्रणालीलाई संवैधानिक मान्यता प्रदान गर्नुपर्ने, धार्मिक शैक्षिक प्रणालीलाई आधारभूतदेखि उच्च तहसम्म निःशुल्क शिक्षा पाउने हक कायम गर्नुपर्ने, विहार, गोन्पा, मदरसा शिक्षा तथा हिन्दू परम्पराको गुरुकुल शिक्षाका विभिन्न तहलाई शैक्षिक मान्यता प्रदान गर्नुपर्नेलगायत विषय ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
सभापति डा भट्टराईले पत्र बुझेपछि विभिन्न महासङ्घ तथा बौद्ध धर्मगुरुले उठाएका विषयवस्तु तथा माग जायज भएको त्यसलाई पूरा गर्न विभिन्न राजनीतिक दलसँग छलफल र समन्वय गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी महासङ्घका महासचिव नुर्वु शेर्पाले जानकारी दिनुभयो ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया