संवैधानिक किसान आयोग बनाउनुपर्ने माग

इनेप्लिज २०७२ साउन १७ गते १४:३२ मा प्रकाशित

images2काठमाडौँ, १७ साउन । एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले साउन महिनाभित्रै संविधान निर्माणका लागि सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ ।

बैसठ्ठीऔँ भीमदत्त पन्त स्मृतिसभाको अवसरमा अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी) द्वारा यहाँ आज आयोजित कार्यक्रममा उहाँले संविधान संसोधन गर्न मिल्ने सहमतिको दस्तावेज भएको हुँदा अहिले नै सबैका अधिकार सुनिश्चित गर्न दबाब दिन नहुने बताउनुभयो ।

महिला, दलित, आदिवासी जनजातिलगायत उत्पीडन र पछाडि पारिएको समुदायका अधिकारकारलाई संविधानमा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

सोही पार्टीका कोषाध्यक्ष हरिबोल गजुरेलले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यकता औँल्याउँदै पार्टीभित्र गुट र उपगुट नगर्न सम्पूर्ण कार्यकतालाई अपिल गर्नुभयो । संविधानमा किसानका अधिकार सुनिश्चित गर्न पार्टीले सक्दो प्रयास गरिरहेको उहाँको भनाइ छ ।

महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले केन्द्र र प्रदेशमा किसानको १० प्रतिशत सहभागिता, संवैधानिक किसान आयोगलगायत किसानले राख्दै आएका मागलाई नयाँ संविधानमा सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा खिलमाया सापकोटा, कविता ढुङ्गाना, विष्णु तिमिल्सिना, शान्ता न्यौपाने र रूप आचार्यलगायत सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया