राति-राति ओछ्यानमा के-के गर्छिन् रेखा थापा ?

इनेप्लिज २०७२ साउन १७ गते ११:४९ मा प्रकाशित

rekha-thapaकाठमाडौं । अभिनेत्री रेखा थापा अचेल बिहान पाँच बजे उठिसक्छिन् । साढे चार बजे आँखा खुल्ने भए पनि आधा घन्टा भने उनी गहिरो सोचमा डुब्ने गर्छिन् रे । ‘आज कहाँकहाँ केके काम गर्ने भन्नेबारे योजना बनाउँछु,’ उनी भन्छिन्, ‘योजना माइन्डमा सेट गरेपछि मात्रै ओछ्यान छोड्छु ।’ फ्रेस भएपछि उनी एक ठूलो ग्लास मनतातो पानी पिउँदिरहिछिन् ।

त्यसपछि सुरु हुन्छ उनको यात्रा । यात्रा, तर कहाँको रु मर्निङवाक रु ‘होइन, म जिम गर्न जान्छु,’ उनी भन्छिन्, ‘गौशालाको इन्द्रेणी फिटनेस सेन्टरमा जिम गर्न जान्छु ।’ खासमा रेखाले रामप्यारी फिल्मका लागि बिहानै उठेर जिम जाने गरेको बताइन् । ‘रामप्यारीको क्यारेक्टरअनुसार फिट हुन मैले जिम सुरु गरेकी हुँ,’ उनले खुलाइन्, ‘रामप्यारीका लागि मेरो डेली रुटिन बदलिएको छ । नत्र म त्यति सबेरै उठ्ने गर्दिनँ ।’ पाँच बजे उठ्ने बानी रामप्यारीका लागि मात्र भएको बताउने रेखा अरू वेलामा भने सात बजे मात्रै उठ्ने गर्छिन् । ‘अरू वेलामा यो रुटिन लागू हुन्न,’ उनले भनिन्, ‘अहिले खानपिन, एक्सरसाइज, निद्रा सबैमा सन्तुलन मिलाएकी छु ।’
भूकम्पअघि उनले घरमै योगा टिचर राखेर योगा सिक्ने, गर्ने गरेकी रहिछिन् । तर, भूकम्पपछि भने उनी करिब दुई महिना अमेरिका बसिन् । गत सोमबार मात्रै स्वदेश फर्किएकी उनी अचेल भने जिम सकेर आएपछि मात्रै आफैँ एक घन्टा योगा गर्ने गर्छिन् । ‘पहिला गुरुले सिकाएअनुसार आफैँ योगा गर्ने गरेकी छु,’ उनले भनिन् । अमेरिकामा रहँदा पनि नियमित रूपमा योगा र जिम गरेको उनले दाबी गरिन् । ‘त्यहाँ पनि मैले योगा र जिम गरेँ । किनभने, मलाई रामप्यारीका लागि अलिकति मोटाइ घटाउनु थियो,’ अमेरिका बसाइका क्रममा आफैँ पाँच किलो तौल घटाएको बताउँदै उनले भनिन्, ‘अहिले म ५७ किलो छु । मलाई मेरो तौलभन्दा पनि मोटोपन अलि कम गर्ने इच्छा छ ।’ उनी दैनिक करिब साढे दुई घन्टा जिम गर्ने गरेको बताउँछिन् । जिमपछि भने प्रोटिनयुक्त खानेकुरा खाने गर्छिन् ।
सधैँ फिट र फुर्तिलो रहन एक्सरसाइज गर्ने गरेको बताउने रेखा आफ्नो अनुहारको चमकलाई भने ‘गड गिफ्टेड’ भन्छिन् । ‘यो सारा सृष्टि नै सुन्दर छ,’ दार्शनिक पारा ल्याइन् उनले, ‘यहाँका हरेक वस्तु, जीव सुन्दर छन् । सबैको आ–आफ्नै विशेषतायुक्त सुन्दरता छ । तर, यो सब हेर्ने नजरमा भर पर्छ ।’ आफूचाहिँ सानैदेखि सुन्दर भएको दाबी गर्दै उनले भनिन्, ‘बच्चामा उस्तै टाइपको, किशोर अवस्थामा आफ्नै टाइपको र अहिले मेरो आफ्नै पाराको सुन्दरता कायम छ भन्ने लाग्छ ।’ रेखा आफू तनभन्दा मनको सुन्दरताको पक्षमा रहेको बताउँछिन् । ‘तनभन्दा मन सुन्दर हुनुपर्छ । जसको मन सुन्दर छैन, ऊ सधैँ दुस्खी र असन्तुष्ट हुन्छ । त्यो कुरा उसको अनुहारमा देखिन्छ । त्यसैले तनभन्दा मनको सुन्दरता निखार्नमा ध्यान दिनुपर्छ ।’
कसरी निखारिँदोरहेछ त मनको सुन्दरता रु ‘सकारात्मक सोच, कर्म र सर्कल,’ एक सासमा उनले भनिन्, ‘सधैँ सकारात्मक सोच्ने, सत्कर्म गर्ने र सकारात्मक सोचधारीको सर्कलमा रहने गर्नाले मनको सुन्दरता अटोम्याटिक रूपमा निखारिँदै जान्छ । ’ आफू तनको मात्र होइन, मनको पनि उत्तिकै सुन्दर रहेको दाबी उनको छ । ‘म कसैको निन्दा गर्दिनँ, कसैलाई दुर्वचन लगाउँदिनँ, असहाय, अशक्तको सेवामा गर्छु । अन्याय सहँदिनँ, अन्याय हुन पनि दिन्नँ,’ उनी भन्दै जान्छिन्, ‘म सधैँ सत्यको मार्गमा छु । सधैँ सत्कर्म गर्छु । त्यसैले म सधैँ खुसी र सुखी छु ।’ कस्मेटिक प्रोडक्टप्रति उनको लगाव छैन रे । त्यसैले प्रायस् उनी मेकअपविनै हिँड्ने गर्छिन् । ‘म नेचुरल ब्युटीमा विश्वास गर्छु । सौन्दर्य प्रसाधन प्रयोग गरेर सुन्दरी भइन्छ भन्ने मलाई लाग्दैन ।
फिल्मबाहेक बाहिर म प्रायस् विनामेकअपमै हिँड्ने गरेकी छु ।’ गाजल भने उनलाई मन पर्दोरहेछ । त्यसैले प्रायस् गाजल लगाउने गरेको उनले बताइन् । राति भने उनी नौ बजे सुतिसक्दिरहिछिन् । ‘बिहान छिट्टै उठ्नुपर्ने भएकाले राति भने म नौ बजे नै सुतिसक्छु,’ उनले भनिन्, ‘निद्रा पर्याप्त भएन भने शरीरमा फुर्ती आउँदैन । अनेक रोग लाग्न सक्छ । त्यसकारण समयमै सुत्ने र बिहानै उठ्ने गर्नुपर्छ ।’ टिभी हेर्न उनलाई उत्ति साह्रो मन लाग्दोरहेनछ । किताब भने निकै पढ्ने गरेकी छिन् । फिल्मचाहिँ मायाप्रेमजन्य निर्माण, अभिनय गर्ने गरेको भए पनि जीवनोपयोगी, क्रान्तिकारी तथा दर्शनका किताबमा आफ्नो विशेष लगाव रहेको उनी बताउँछिन्। अनुहार चम्किन्छ भनेर सकिनसकी पानी पिउने बानी छैन रे उनको । ‘अनुहारको चमकका लागि कतिपयले पेटमै नअटाउने गरी पानी पिउने गरेको देखेकी छु । तर, शरीरले मागेको भन्दा बढी पानी पिउनु हानिकारक हुन्छ, यो कुरामा म सजग छु ।’ उनी दिनमा बढीमा दुई लिटरसम्म पानी पिउने गर्दिरहिछिन् । ‘तिर्खा लागे मात्र पानी पिउँछु, नलागे त किन पिउनु रु’ उनी भन्छिन् । नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया