सिकारी आफ्नै बन्दुक पड्केर घाइते, हतियारसहित तीनजना पक्राउ
रौतहट, १७ साउन । चन्द्रपुर नगरपालिका–१४ को चाँदी नदीस्थित जङ्गलमा सिकार खेल्न गएका एक सिकारी आफँैले बोकेको बन्दुक पड्केर गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार अवैध हतियार बोकेर रातको समयमा जङ्गलमा सिकार खेल्न गएको अवस्थामा बन्दुक पड्केर २१ वर्षीय सुरज विक गम्भीर घाइते भएका हुन् ।
घाइते विकलाई आफन्तजनले चितवन मेडिकल कलेज भरतपुरमा उपचारका लागि पु¥याएका थिए । तर चितवन मेडिकल कलेजमा काममा खटिएका प्रहरीले घाइतेबारे रौतहट प्रहरीलाई जानकारी दिएपछि उक्त स्थानमा खोजी गर्दा झाडीमा भरुवा बन्दुक फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीका अनुसार बन्दुक पड्केर घाइते भएका विकको हात, निधारलगायत शरीरका विभिन्न भागमा छर्राहरु लागेको छ । घाइेतको अवस्था गम्भीर रहेको छ ।
यसैबीच, अवैध बन्दुक बोकी सिकार गर्न गएको भन्दै प्रहरीले चन्द्रपुर नगरपालिका १४ का २३ वर्षीय तीर्थ लामा, २२ वर्षीय नवीन खत्री र १८ वर्षीय राजु लामालाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ ।
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
टेक्सस ह्युस्टनको कवाडी बजारमा गोली चल्दा २ जनाको मृत्यु, ३ जना घाइते
बुद्ध जयन्तीको उपलक्ष्यमा कोलोराडोमा शान्ति पदयात्रा सम्पन्न
प्रतिक्रिया