पाँच विद्यालयलाई जस्तापाता

इनेप्लिज २०७२ साउन १७ गते १:३६ मा प्रकाशित

jastapataत्रिशूली (नुवाकोट), १७ साउन । बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले सिटिजन्स बैंक इन्टरनेसनलको सहयोगमा भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेका पाँच विद्यालयलाई जस्तापाता वितरण गरेको छ ।

संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका आफ्ना ग्राहक सदस्यका बालबच्चा पठनपाठन गर्ने विद्यालयलाई शनिबार ८० बन्डल जस्तापाता दिएको हो । सुन्दरा उच्च मावि सातबिसे, बटुक भैरव प्रावि केउरिनी विदुर, सुन्दरी क्यौरिनी उच्च मावि गेर्खुटार, कल्याणीदेवी उच्च मावि जिलिङ र शङ्खादेवी उच्च मावि गोस्र्याङलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जस्तापाता हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया