लामखुट्टेको टोकाइबाट महिलाको मृत्यु

इनेप्लिज २०७२ साउन १६ गते १४:५६ मा प्रकाशित

mosquitoसुरुङ्गा (झापा), १६ साउन । क्यूलेक्स नामको लामखुट्टे (सेतो मच्छड)को टोकाइबाट झापामा एक महिलाको आज मृत्यु भएको छ ।

मृृत्यु हुनेमा झापा दुवागढी–७ की ५२ वर्षीया बसन्ती घिमिरे रहेको मृतकका आफन्तलाई उधृत गर्दै नेपाल पत्रकार महासङ्घ झापाका सदस्य विश्व थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार घिमिरेको विराटनगरस्थित नोवल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई क्यूलेक्स नामको लामखुट्टेले टोकेपछि जापानी इन्सेफ्लाइटिस रोग लागेको र उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।

दुवागढी गाविसमा मात्रै विगत चार वर्षमा क्यूलेक्स नामको लामखुट्टेको टोकाइबाट जापानीज इन्सेफ्लाइटिस रोगका कारण पाँच जनाको मृत्यु भइसकेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्ट्रोल कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया