स्कटल्यान्डसँग नेपाल ९ विकेटले पराजित
काठमाडौँ, १६ साउन । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गतको दोस्रो खेलमा नेपाल स्कटल्यान्डसँग ९ विकेटको भारी अन्तरले पराजित भएको छ ।
वर्षाका कारण हिजो अवरुद्ध भएपछि आज भएको खेलमा नेपालले दिएको लक्ष्य स्कटल्यान्डले १४औं ओभरमा मात्र एक विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि सोमपाल कामीले एक मात्र विकेट लिएका थिए ।
हिजो स्कटल्यान्डको आयरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाएर १६७ रन बनाएको थियो ।
स्कटल्यान्डले जवाफी ब्याटिङ सुरु गर्नु अगावै वर्षा सुरुभएपछि खेल तीनघण्टाका लागि स्थगित भएको थियो । डर्क वर्थ लुइस पद्धतिका आधारमा स्कटल्यान्डलाई २२ ओभरमा ११० रनको लक्ष्य दिइँदै खेल पुनः सुरु भएको थियो ।
तर, १.४ ओभरमा १५ रन बनाउँदा वर्षा सुरु भएपछि खेल फेरी अवरुद्ध भयो ।
नेपालका शरद भेषवाकरले सर्वाधिक ३० रन बनाए । त्यस्तै, वसन्त रेग्मीले १९, अविनाश कर्णले १७, उपकप्तान ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा र प्रदीप ऐरीले १६⁄१६ रनको योगदान दिए । त्यसैगरी, कप्तान पारस खड्काले १०, अनिल मण्डलले ९, सोमपाल कामीले ७, शक्ति गौचनले ६, महेश क्षेत्रीले ३ रन मात्र जोडेका थिए ।
तेस्रो र चौथो क्रममा आएका ज्ञानेन्द्र र पारस आउट भएपछि नेपालले ४१ रन जोड्दा चार विकेट गुमाउँदै खराब सुरुवात गरेको थियो । यसअघि ओपनरद्वय महेश र अनिल सस्तैमा आउट भएका थिए ।
इभान्सको बलमा आउट हुनुअघि शरदले प्रदीपसंग ३३ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरेका थिए ।
यसअघि च्याम्पियनशिपको पहिलो खेलमा नेपाल स्कटल्यान्डसंग ३ रनको झिनो अन्तरले पराजित भएको थियो ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया